२०८३ असोज २६ गते सोमबार

भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै संख्याको बलमा सरकारबाट हटाइयोः प्रचण्ड

भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै संख्याको बलमा सरकारबाट हटाइयोः प्रचण्ड

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ माघ ७ गते सोमबार ०७:३२

गोरखाको जनप्रतिधिको रुपमा जति धेरै आउनुपर्ने हो त्यति आउन नपाएको र १८ महिनाको अवधिमा गरेको काम गोरखाको जनप्रतिनिधिको अभिमतका बलमा गरेको उल्लेख गरे ।

गोरखा ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई संख्याको बलमा सरकारबाट हटाइएको बताएका छन् ।

सोमबार गोरखा नगरपालिका–८, आहाले स्थित श्री सरस्वती माध्यमिक विद्यालयको ५३ औं विद्यालय स्थापना तथा अभिभावक दिवस एवं स्वर्ण जयन्ती समारोहको उद्घाटन गर्दै दाहालले संख्याको बलमा सरकारबाट हटाइएको बताएका हुन् ।

उनले आफु १८ महिना नेतृत्वमा छँदा नेपालको इतिहासमा सुशासनको पक्षमा र व्यतिथि भ्रष्टाचारका विरुद्ध नेपालमा यति ठुलो अभियान पहिलो चोटी चलेको दाबी गरे ।

गोरखालीहरुको जस्तो इतिहास र विरासत गौरवपूर्ण छ विगत मात्र हैन वर्तमान समयमा पनि गोरखा जिल्ला देशभरी एउटा अग्रडी, अग्रगामी, सोच, चेतना र संस्कार भएको जिल्लाको रुपमा चिनिने उनले बताए ।

उनले गोरखाको जनप्रतिधिको रुपमा जति धेरै आउनुपर्ने हो त्यति आउन नपाएको र १८ महिनाको अवधिमा गरेको काम गोरखाको जनप्रतिनिधिको अभिमतका बलमा गरेको उल्लेख गरे ।

प्रकाशित मिति २०८१ माघ ७ गते सोमबार ०७:३२
हजुरको प्रतिक्रिया