पोखरा ।
ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन(टेसा) पोखराले आफ्नो २६औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।
पोखरा महानगरपालिका वडा नं ३१ पचभैयामा हालै सञ्चालनमा आएको हिमालय फरेष्ट रिसोर्टमा संस्थाले बनभोज सहित साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले पर्यटकीय स्थानमा पर्यटनसम्बद्ध संस्थाले कार्यक्रम गरी यस क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुु¥याएको बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटनका क्षेत्रमा प्रयोग हुने समाग्रीहरूको विक्री वितरण गरी पर्यटन क्षेत्रमा टेसाले महत्वपूर्ण योगदान गरेको उल्लेख गरे । पर्यटन प्रवद्र्धनका साथै सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा संस्थाले गरेको योगदान प्रशंसनीय भएको उनको भनाइ छ ।
टेसा पोखराका अध्यक्ष प्रमोद भण्डारीले संस्थाले पोखराको पर्यटन प्रवद्र्धनका हरेक कार्यक्रममा सकृयताका साथ आफ्नो भूमिका निर्वाह गर्दै आएको बताए । टेसा पोखराका पूर्व अध्यक्ष नारायणप्रसाद सुवेदीले टेसामा आवद्ध व्यवसायीहरू संस्थागत रुपमा एकतावद्ध हुँदै पर्यटन प्रवद्र्धन, सामाजिक उत्तरदायित्वका कार्यक्रममा कृयाशिल बन्दै अघि बढनुपर्ने धारणा राखे।
प्रकाशित मिति २०८१ माघ ७ गते सोमबार ०८:२७




