२०८३ असोज २५ गते आइतबार

बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदै बागलुङ नगर

बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदै बागलुङ नगर

डम्मर बुढा मगर

@Public 4K Tv

२०८१ माघ ८ गते मंगलबार ०७:०३

बालमैत्री स्थानीय शासनयुक्त नगरपालिकाका लागि आवश्यक ५१ सूचकहरु पूराका लागि नगरपालिकाले दुई वर्ष यता सामाजिक विकास र बालमैत्री पूर्वाधारमा तीन करोड लगानी गरेको छ ।

बागलुङ ।

बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिने भएको छ ।

पालिकाको १४ वटै वडालाई बालमैत्री घोषणा गरिसकेपछि माघ ९ गते स्थानीय शासनयुक्त पालिका घोषणा हुने भएको हो ।

घोषणाका लागि सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन गरि नगर प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

बालमैत्री घोषणा गर्ने दिन बागलुङ नगरका १७ हजार ८०० विद्यार्थी सहभागी हुने जनाइएको छ । गाउँदेखि विद्यार्थी बजार ल्याउनका लागि १०० बढी बसको व्यवस्थापन गरेको श्रेष्ठले बताए । उक्त अवसरमा नागरिकको स्वास्थ्य परीक्षण र उपचार गरिने हुँदा एक हजार स्वास्थ्यकर्मी खटिने उनको भनाइ छ ।

बागलुङ नगरपालिका जिल्लाको दोस्रो बालमैत्री घोषणा गर्ने पालिका हो । यसभन्दा अगाडि गलकोट नगरपालिका बालमैत्री पालिका घोषणा भइसकेको छ । बागलुङ नगरपालिका देशभर २५ औँ र गण्डकीमा चौँथो पालिका बन्ने छ ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ वटा सूचक पुरा गरेर सबै वडा बालमैत्री घोषणा गरिएको हो । मंसिरको ५ गते बागलुङ नगरपालिका–१४ नम्बर वडा पहिलो बालमैत्री घोषणा भएको थियो भने पुस १८ गते बागलुङ नगरपालिका १० भकुण्डे र १२ अमलाचौर एक साथ अन्तिम वडाको रुपमा बालमैत्री घोषणा गरिएको थियो ।

बालमैत्री स्थानीय शासनयुक्त नगरपालिकाका लागि आवश्यक ५१ सूचकहरु पूराका लागि नगरपालिकाले दुई वर्ष यता सामाजिक विकास र बालमैत्री पूर्वाधारमा तीन करोड लगानी गरेको छ ।

प्रकाशित मिति २०८१ माघ ८ गते मंगलबार ०७:०३

हजुरको प्रतिक्रिया