२०८३ साउन २१ गते बिहीबार

कृषि र पशु प्रर्दशनीमा म्याग्दीका २७ जना कृषक सम्मान

कृषि र पशु प्रर्दशनीमा म्याग्दीका २७ जना कृषक सम्मान

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ माघ ८ गते मंगलबार ०७:०५

प्रर्दशनीमा बेनी नगरपालिकाबाट ५३ जना, मंगला गाउँपालिकाबाट ६ जना, धवलागिरी गाउँपालिकाबाट ७ जना, रघुगंगा गाउँपालिकाबाट १० र अन्नपूर्ण गाउँपालिकाबाट १४ जना गरी ९४ जना कृषक सहभागी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

म्याग्दी ।

आठौं म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेलामा म्याग्दीका २७ जना कृषकलाई पुरस्कृत गरिएको छ ।

म्याग्दीका कृषकलाई लक्षित गरी म्याग्दी उद्योग वाणिज्य संघको आयोजना बृहत् कृषि तथा पशु प्रर्दशनीमा कृषितर्फ २४ र पशुपालन तर्फ ३ जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको हो ।

प्रदर्शनीमा काउली बाली बेनी नगरपालीका १, रत्नेचौरका रुद्धबहादुर थापा, सुन्तलाजात बालीमा बाली बेनी नगरपालीका –५ भिरमुनीका गणेश बानियाँ, अन्य फलफुल (केरा)धवलागिरी गाउँपालिका–७,का यमन रोका, जरे बाली (रायो साग) बेनपा–४,प्रेमबहादुर श्रीष र विविधतर्फ (च्याउ) धवलागिरी गापा–७ की प्रमिला थापामगर प्रथम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रदर्शनीबाट छनोट गरिएकालाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना गरी २४ जनाले ४ हजार, ३ हजार, २ हजार र १ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रर्दशनीमा बेनी नगरपालिकाबाट ५३ जना, मंगला गाउँपालिकाबाट ६ जना, धवलागिरी गाउँपालिकाबाट ७ जना, रघुगंगा गाउँपालिकाबाट १० र अन्नपूर्ण गाउँपालिकाबाट १४ जना गरी ९४ जना कृषक सहभागी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा उत्पादन हुने रैथाने बालीको संरक्षण गर्न, कृषि उपज तथा फलफुलको प्रचारप्रसार एवं स्थानीय कृषकलाई प्रोत्साहन गर्नका लागि कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको जनाइएको छ ।

प्रकाशित मिति २०८१ माघ ८ गते मंगलबार ०७:०५

हजुरको प्रतिक्रिया