२०८३ साउन २१ गते बिहीबार

नागरिकमा आशा जगाउने काम गरि रहेका छौँ : उपप्रधानमन्त्री सिंह

नागरिकमा आशा जगाउने काम गरि रहेका छौँ : उपप्रधानमन्त्री सिंह

डम्मर बुढा मगर

@Public 4K Tv

२०८१ माघ ९ गते बुधबार ०७:१६

बुधबार बागलुङ नगरपालिकालाई स्थानीय शासनयुक्त बालमैत्री नगर घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री सिंहले सरकारले नागरिकका निराशा चिर्ने काम गरेको बताए ।

बागलुङ ।

उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकमा आशा जगाउने गरि काम गरि रहेको बताएका छन् ।

बुधबार बागलुङ नगरपालिकालाई स्थानीय शासनयुक्त बालमैत्री नगर घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री सिंहले सरकारले नागरिकका निराशा चिर्ने काम गरेको बताए ।

शिक्षा, स्वास्थ्य, रोजगार र व्यवसायिक क्षेत्रको सुधार गर्ने गरि सरकार लागि परेको भन्दै अब देश बनेन भनेर चिन्तित हुनु पर्ने अवस्था नभएको उनको भनाइ छ । पछिल्लो समय सकरात्मकभन्दा नकरात्मक टिकाटिप्पणी बढी हुने गरेको भन्दै बाहिर हुने हल्लाको पछाडि नलाग्ने मन्त्री सिंहले आग्रह गरे ।

सरकारले शिक्षालाई गुणस्तरीय, व्यवहारिक र जीवनउपयोगी बनाउनका लागि काम गरि रहेको भन्दै अबको शिक्षा दक्ष जनशक्ति उत्पादन गर्नु खालको हुने मन्त्री सिंहको भनाइ छ । लामो समय सरकारले स्थायित्व नपाउँदा धेरैमा निराशा छाएको भन्दै अब सरकारले विकास निर्माण र जनताको आवश्यकता अनुसार काम गर्ने थालेको उनले बताए ।

सो अवसरमा मन्त्री सिंहले बागलुङ नगरपालिका १३ मा पर्ने गणेशमान सिंह मार्गलाई समयमा सक्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । बागलुङ नगरपालिकाले जस्तै अन्य पालिकाहरु पनि चाँडै बालमैत्री बन्नु पर्नेमा मन्त्री सिंहले जोड दिए ।

प्रकाशित मिति २०८१ माघ ९ गते बुधबार ०७:१६

हजुरको प्रतिक्रिया