काठमाडौं ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि जारी रहने भएको छ ।
संघीय संसदको लोत्से हलमा दउँसो १ बजेदेखि सुरु हुने बैठकमा पार्टीबाट सरकारमा सहभागी १० मन्त्री र दुई राज्यमन्त्रीसँग सांसदले सवाल जवाफ गर्ने तालिका छ ।
सांसदहरूले बोलेपछि पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीले जवाफ दिने मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए । त्यसपछि पार्टीका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
सभापति शेरबहादुर देउवालगायतले सम्बोधन गरेपछि बैठक सकिनेछ। यसअघि आइतबार सरकारको कामकारबाही, सरकारले ल्याएको अध्यादेश, कांग्रेस र नेकपा (एमाले) ले बनाएको संयन्त्रमा भएका काम, संविधान संशोधनका सम्बन्धमा भइरहेका प्रयासलगायत विषयमा छलफल भएको थियो ।
प्रकाशित मिति २०८१ माघ १४ गते सोमबार ०९:५८