२०८३ साउन २१ गते बिहीबार

माओवादी प्रमुख सचतेक पाण्डेको आरोपः काँग्रेस प्रमुख सचेतकले अध्यादेशबाट सरकार चलाउँछौँ भने

माओवादी प्रमुख सचतेक पाण्डेको आरोपः काँग्रेस प्रमुख सचेतकले अध्यादेशबाट सरकार चलाउँछौँ भने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १५ गते मंगलबार ०२:४४

अध्यादेशबाट सरकार चलाउने कुरा जनता र विपक्षी दलहरुको लागि महत्वपूर्ण रहेको उनको भनाइ छ ।

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले काँग्रेस प्रमुख सचेतकले अध्यादेशबाट सरकार चलाउने कुरा गरेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अध्यादेशबाट सरकार चलाउने कुरा गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले काँग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अब सरकारले अध्यादेशबाट सरकार चलाउने कुरा गरेको भन्दै यो कुरा प्रतिपक्ष र जनताका लागि राम्रो नभएको उल्लेख गरे । अध्यादेशबाट सरकार चलाउने कुरा जनता र विपक्षी दलहरुको लागि महत्वपूर्ण रहेको उनको भनाइ छ ।

उनले भने, ‘मन्त्रीज्युले सरकारको आवश्यकता भएकाले अध्यादेश ल्यायौँ भन्नुभयो । त्यसपछि सदनको सबैभन्दा ठूलो दलको प्रमुख सचेतक मान्यज्युले अब त सरकार अध्यादेशबाट नै चलाउने हो भन्नुभयो । मैले प्रतिप्रश्न गरेँ । यसअघि पनि संसद विघटन भएकै हो । अहिले ६ वटा त आएकै छ । त्यो ६ वटा अध्यादेश अहिले धेरै दिन छैन, यति थोरै समयमा किन ल्याउनुप¥यो भन्दा सदनमा विधेयक छिटो नआएपछि सरकार त अध्यादेश ल्याएर चलाउँछ भन्नुभयो । यो जनता, विपक्षीहरुको लागि महत्वपूर्ण हो । यो संसदमा गम्भीर ढंगले प्रश्न उठाउँछौँ ।’

प्रमुख सचेतक पाण्डेले अध्यादेशको बारेमा प्रमुख प्रतिपक्ष दलले संसदमा गम्भीर ढंगले आवाज उठाउने बताएका छन् ।

प्रकाशित मिति २०८१ माघ १५ गते मंगलबार ०२:४४
हजुरको प्रतिक्रिया