२०८३ साउन २१ गते बिहीबार

ताप्लेजुङ घटनाः बिरोधीसँग वार्ता र घाइतेको उपचार गर्ने, विकास निर्माणको काम अघि बढाउने

ताप्लेजुङ घटनाः बिरोधीसँग वार्ता र घाइतेको उपचार गर्ने, विकास निर्माणको काम अघि बढाउने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १६ गते बुधबार ०१:३८

विकास निर्माणको कामलाई पनि अघि बढाएर भएका समस्यालाई समाधान गर्ने उनको भनाइ छ । बिरोधीहरुसँग पनि संवाद गर्ने निस्कर्ष निस्किएको उनले जिकिर गरे ।

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको बिरोधमा भइरहेको आन्दोलनको विषयमा सम्बन्धित ४ जिल्लाका सांसदहरुसँग छलफल गरेका छन् ।

मंगलवार साँझ गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिहसँग छलफल गर्नुभएको हो । शनिवार केबलकार निर्माणको विरोधमा उत्रिएका पहिचान पक्षधरहरूको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । सोक्रममा केही प्रदर्शनकारीलाई गोली लागेको थियो ।

थप तनावको अवस्था सिर्जना हुन नदिन गृहमन्त्रीले जिल्लाका सांसदहरुसँग छलफल शुरु गर्नुभएको हो । छलफलबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा मन्दिरमा सबैलाई सहज होस् भनेर केबलकार निर्माण गर्ने योजना अघि बढेको भएपनि केही व्यक्ति र समूहले धर्म संस्कृति मासिने भन्दै बिरोध केही वर्षदेखि नै भइरहेको बताए ।

केबुलकार बनउने क्रमसँगै माघ १२ गते दोहोरो हातपात हुँदा सुरक्षाकर्मीहरुले बल प्रयोग गरेको र त्यसले केही घाइते भएको उनले उल्लेख गरे । परिस्थितिलाई सामान्यीकरण गर्ने, भड्किन नदिने र वार्ताबाट समाधान खोज्नेबारेमा छलफल भएको उनले जानकरी दिए ।

विकास निर्माणको कामलाई पनि अघि बढाएर भएका समस्यालाई समाधान गर्ने उनको भनाइ छ । बिरोधीहरुसँग पनि संवाद गर्ने निस्कर्ष निस्किएको उनले जिकिर गरे ।

घाइते भएकाहरुको सरकारले स्वास्थ्योपचार गर्ने मागमा गृहमन्त्री रमेश लेखकले सरकारले स्वास्थ्योपचार गर्ने प्रतिवद्धता जनाएकोको उनको जिरिक थियो । सम्बन्धित मन्त्रालयसँग पनि छलफल गरेर अघि बढ्ने सहमति भएको सचिव भट्टराईको भनाइ छ ।

प्रकाशित मिति २०८१ माघ १६ गते बुधबार ०१:३८

हजुरको प्रतिक्रिया