२०८३ साउन २१ गते बिहीबार

प्रचण्डप्रति ओलीको कटाक्षः सत्ताको नाममा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने कुराको वन्ध्याकरण भयो

प्रचण्डप्रति ओलीको कटाक्षः सत्ताको नाममा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने कुराको वन्ध्याकरण भयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १८ गते शुक्रबार ०२:३६

प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकता नीतिगत सुधार रहेको जिकिर गरे ।

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिको वन्ध्याकरण भएको बताएका छन् ।

शुक्रवारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै उनले गएको ६ महिनामा संसदीय राजनीतिमा सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा वन्ध्याकरण भएको बताएका हुन् ।

उनले संसदसमक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएको उल्लेख गरे ।

उनले भने, ‘गएको ६ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहो¥याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु– सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ । संसदसमक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौं । आज म, जनता र संसद्को भरोसा र दृढताले भरिएको आत्मविश्वास लिएर यहाँ उपस्थित भएको छु । सरकारमा आएपछि हाम्रो दोस्रो प्राथमिकता थियो– नीतिगत सुधार । यसका लागि सुधारका ठोस कार्ययोजना तय गरी नीतिगत सुधारको प्रक्रियालाई तीब्रता दिइएको छ ।’

प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकता नीतिगत सुधार रहेको जिकिर गरे ।

प्रकाशित मिति २०८१ माघ १८ गते शुक्रबार ०२:३६
हजुरको प्रतिक्रिया