२०८३ साउन २१ गते बिहीबार

संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगले पूर्णता पाउँदैछन्ः प्रधानमन्त्री

संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगले पूर्णता पाउँदैछन्ः प्रधानमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १८ गते शुक्रबार ०२:३८


उनले थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्ने प्राथमिकता तोकेर योजना बनाएका जिकिर गरे ।

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगहरुले पूर्णता पाउने क्रममा रहेको बताएका छन् ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यसबारेमा जानकारी गराएका हुन् । उनले सरकार सञ्चालनको १०० दिन भित्रै १८ वर्ष अघिदेखि थालनी भएको शान्ति प्रक्रियाका बाँकी कामलाई अन्तिम निस्कर्षमा पु¥याउन सफल भएको बताएका हुन् ।

त्यही सिलसिलामा ‘सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत र प्रमाणिकरण भइसकेको र आयोग पूर्णता पाउने क्रममा रहेको बताए ।

सबै मन्त्रालय अन्तर्गत अहिलेसम्म शुरु भएका सबै परियोजनालाई सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति केन्द्रित गरेको उनले उल्लेख गरे ।

उनले भने, ‘सरकार सञ्चालनको १०० दिन भित्रै १८ वर्ष अघिदेखि थालनी भएको शान्ति प्रक्रियाका बाँकी कामलाई अन्तिम निस्कर्षमा पु¥याउन हामी सफल भएका छौं । त्यस सिलसिलामा ‘सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत र प्रमाणिकरण भएको छ । र, आयोग पूर्णता पाउने क्रममा छ । मुलुकलाई हामी कुन दिशातिर डो¥याउन खोजिरहेका छौं भन्ने कुराका यी केही सामान्य संकेत मात्र हुन् । यस सम्मानित सदनमार्फत सिंगो देशलाई भन्न चाहन्छु—सबै मन्त्रालय अन्तर्गत अहिलेसम्म शुरु भएका सबै परियोजनालाई सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति केन्द्रित गरेको छ । यो अवधिमा हामीले कुन–कुन मन्त्रालय अन्तर्गत के–के काम थालिएका छन् र, ती थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्ने प्राथमिकता तोकेर योजना बनाएका छौं । र, त्यसैका आधारमा प्रधानमन्त्री र मन्त्रीहरूका बीच कार्यसम्पादन सम्झौता गरेका छौं ।’

उनले थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्ने प्राथमिकता तोकेर योजना बनाएका जिकिर गरे ।

प्रकाशित मिति २०८१ माघ १८ गते शुक्रबार ०२:३८
हजुरको प्रतिक्रिया