२०८३ असोज २६ गते सोमबार

सरकारले विधेयक अधिवशेनलाई अध्यादेशको अधिवशेन बनाउन खोज्योः नारायणकाजी श्रेष्ठ

सरकारले विधेयक अधिवशेनलाई अध्यादेशको अधिवशेन बनाउन खोज्योः नारायणकाजी श्रेष्ठ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १८ गते शुक्रबार ०३:३७

सांसद श्रेष्ठले देश विकासमा सत्तापक्ष र प्रतिपक्ष नभनि काम गर्नुपर्ने बताएका छन् ।

काठमाडौं ।

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले सरकारले विधेयक अविधेशनलाई अध्यादेश अधिवेशन बनाएको आरोप लगाए ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले हिउँदे अधिवेशनअघि सरकारले अध्यादेश ल्याएर अध्यादेश अधिवेशन बनाउनु दुःखद् भएको बताए ।

उनले नियमित अधिवेशन समयमा नबोलाउने र अध्यादेश धमाधम ल्याउनु दुःखद् भएको उल्लेख गरे ।

उनले सरकारले अध्यादेशबाट शासन गर्ने प्रवृत्ति लिएको भन्दै आपत्ति जिकिर गरे ।

उनले भने, ‘यो अधिवेशनलाई सरकारले अध्यादेश अधिवेशन बनायो । हिउँदे अधिवेशन, नियमित अधिवेशन समयमा नबोलाउने, त्यसलाई पर धकेल्दै लैजाने, अनि अध्यादेशहरु धमाधम जारी गरेर ६ वटा अध्यादेश यो अधिवेशन बोलाउनु अगाडि जारी गरियो । र अहिले त्यो अध्यादेश प्रश्तुत हुँदैछ । विधेयक अधिवशेनलाई अध्यादेशको अधिवशेन बनाउन खोज्यो सरकारले । त्यसप्रति म दुःख प्रकट गर्दछु । सरकारको अध्यादेशबाट शासन गर्ने यो प्रवृत्तिप्रति घोर आपत्ति प्रकट गर्न चाहन्छु ।’

सांसद श्रेष्ठले देश विकासमा सत्तापक्ष र प्रतिपक्ष नभनि काम गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति २०८१ माघ १८ गते शुक्रबार ०३:३७
हजुरको प्रतिक्रिया