काठमाडौं ।
राष्ट्रिय सभामा नेकपा एमाले सांसद भगवती न्यौपानेले संसदमा बिजनेसका अभाव नहुने बताएकी छन् ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले अहिलेको अधिवेशनमा संसदलाई बिजनेसको अभाव नहुने बताएकी हुन् ।
उनले राष्ट्रिय सभालाई पनि महत्व दिएर सरकारले विधेयकहरु दर्ता गरिरहेको उल्लेख गर्दै यस अधिवेशनमा बिजनेस बिहीन हुनुपर्ने स्थिति नरहेको बताइन् ।
राष्ट्रिय सभामा रहेका विधेयकहरु कसरी व्यवस्थित, जनता र देशको पक्षमा बनाउने भन्नेमा सोच्न जरुरी रहेको उनले जिरिक गरिन् ।
उनले भनिन्, ‘अहिले राष्ट्रिय सभालाई पनि महत्व दिएर विधेयकहरु दर्ता हुन थालेका छन् । हामीलाई बिजनेसको कुनै समस्या हुन्छ भन्ने लाग्दैन । त्यसैले जति पनि विधेयकहरु राष्ट्रिय सभामा छन्, ति विधेयकहरुलाई कसरी व्यवस्थित बनाउने, जनता र देशको पक्षमा कसरी बनाउने ? कसरी विधि निर्माण गर्ने, सुशासन कायम गर्ने भन्ने बारेमा छलफल गर्नेछौँ ।’
संसदको ऐन, कानून बनाउने मात्र नभइ बनेका ऐनहरको मापन र मूल्यांकन गर्नुपर्ने उनले उल्लेख गरिन् ।
प्रकाशित मिति २०८१ माघ १८ गते शुक्रबार ०३:५९




