२०८३ साउन २१ गते बिहीबार

भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमा सरकार नै लागेको छः अध्यक्ष लिङदेन

भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमा सरकार नै लागेको छः अध्यक्ष लिङदेन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १८ गते शुक्रबार ०४:२४

सम्पती शुद्धीकरणमा सरकारले रवि लामिछानेमाथि चलाउनु स्वाभाविक भएपनि अरु माथि पनि छानबिन हुनुपर्ने उल्लेख उनले उल्लेख गरे ।

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागिरहेको आरोप लगाए छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाएका हुन् । उनले अहिलेसम्मको स्थिति हेर्दा सरकारले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागिरहेको महशुस गरेको उल्लेख गरे ।

उनले निरन्तर रुपमा हुने कामलाई देखाएर सरकारले ६ महिनाको उपलब्धि सुनाएको बताए ।

उनले सरकार नभएको भएर सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रु र विद्युत व्यापारको लागि बंलादेशसँग सम्झौता हुने थिएन ? भन्दै सरकारलाई प्रश्न समेत गरे ।

अध्यक्ष लिङदेनले काँग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धी सुन्दा मुलुकमा सरकार छैन भने अभास भएको जिकिर गरे । सरकारले नियमित कुरालाई पनि उपलब्धी देखाएको उनको भनाइ छ ।

उनले सरकारले सुशासनको क्षेत्रमा कुनैपनि काम गर्न नसकेको उल्लेख गरे ।

निरासा जनतलाई आशा जगाउन समेत सरकारले नसकेको उल्लेख गरे ।

मुलुकमा विदेशी मुद्रा सञ्चिति बढेको वर्तमान सरकारको कारणले नभइ नेपाली जनता बेचेर आएको दाबी गरे । सरकारले रेमिट्यान्स मार्फत आएको पैसा समेत खर्च गर्न नसकेको उल्लेख गरे ।

उनले भने, ‘निरन्तर रुपमा हुने कामलाई देखाएर सरकारले ६ महिनाको उपलब्धी सुनायो । यो सरकार नभएको भएर सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रु हुने थिएन ? विद्युत व्यापारको लागि बंलादेशसँग सम्झौता हुने थिएन ? काँग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धी यही हो । यो हर्ने हो भने मुलुकमा सरकार छैन भने हुन्छ । सरकारले नियमित कुरालाई पनि उपलब्धी भन्ने यस्ता धेरै कुराहरु हुनेछन् र गर्नुपर्ने छ । सुशासनको क्षेत्रमा वर्तमान सरकारले के ग¥यो । निरासा जनतलाई आशा जगाउने के काम ग¥यो ? देशभित्र कति मान्छेको लागि रोजगारी सिर्जना र अर्थतन्त्रमा के सुधार ग¥यो ? अहिले बैंकमा विदेशी मुद्रा सञ्चिति बढेको छ । यो सरकारको कारणले भएको हो ? यो हाम्रा भाइ छोरा बेचेर आएको पैसा हो ? सरकारले आएको पैसा खर्च गर्न सकेको छैन भनौं । साढे ६ महिनाको वर्तमान सरकारको समय निरासाजनक छ । हामी चाहन्छौं । काँग्रेस एमाले जस्तो पार्टी मिलेर बनेको सरकारले डेलिभरी दिनुपर्छ । सरकारको विरोध मात्रै गर्दैनौं सुधारको अपेक्षा पनि गछौं । तर अहिलेसम्मको स्थिति हेर्दा भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागि रहेको जस्तो लाग्छ । भ्रष्टाचार सम्बन्धि ऐन पेश हुँदा कुनै पनि पदाधिकारी पदबाट विदा भएपछि पाँच वर्षभित्रमा उजुरी हुनुपर्छ भनिएको थियो । तर प्रधानमन्त्रीले प्रतिवाद गर्नुभयो ।’

सरकारको साढे ६ महिनको समय निरासाजनक रहेको उनको भनाइ छ । काँग्रेस एमाले जस्तो पार्टी मिलेर बनेको सरकारले डेलिभरी दिनसक्नुपर्ने उनले उल्लेख गरे ।

राप्रपाले सरकारको विरोध मात्रै गर्ने भन्दै सुधारको अपेक्षा गरेको उनले जिकिर गरे ।

नेपाल प्रहरीका आइजीपीमाथि पनि छानबिन हुनुपर्ने उनको भनाइ छ ।

सम्पती शुद्धीकरणमा सरकारले रवि लामिछानेमाथि चलाउनु स्वाभाविक भएपनि अरु माथि पनि छानबिन हुनुपर्ने उल्लेख उनले उल्लेख गरे ।

प्रकाशित मिति २०८१ माघ १८ गते शुक्रबार ०४:२४

हजुरको प्रतिक्रिया