२०८३ साउन २१ गते बिहीबार

मुलुकमा आशा र विश्वास जगाउन आवश्यकः अध्यक्ष राई

मुलुकमा आशा र विश्वास जगाउन आवश्यकः अध्यक्ष राई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १८ गते शुक्रबार ०४:४४

जनताको विश्वास आर्जन गर्नेकुरामा सत्ता पक्ष र प्रतिपक्ष भन्न नहुने उनले धारणा राखे ।

काठमाडौं ।

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले मुलुकमा आशा र विश्वास जगाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शुक्रवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनतामा भएको निराशा र अविश्वास चिर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले यसमा प्रतिपक्ष र पक्ष नभनि जिम्मेवार हुनुपर्ने उल्लेख गरे । यसमा सांसद र राजनीतिक दलहरुले गम्भीर भएर सोच्नुपर्ने बेला आएको उनको भनाइ छ ।

उनले भने, ‘मुलुकमा आशा र विश्वास जगाउनुपर्ने ज्यादै गम्भीर आवश्यकता छ । जनतामा भएको निराशा र अविश्वास चिर्नुपर्ने आवश्यकता छ । त्यसमा के पक्ष, के प्रतिपक्ष ? हामी सबै जिम्मेवार दलहरुले, सांसदहरुले गम्भीरतापूर्वक काम गर्नुपर्नेछ । यस्ता खालका व्यवहार गर्नाले जनताको विश्वास हामीमाथि समाप्त हुन्छ, अविश्वास बढ्छ, निराशा बढ्छ । त्यसले कसैलाई पनि फाइदा गर्दैन ।’

जनताको विश्वास आर्जन गर्नेकुरामा सत्ता पक्ष र प्रतिपक्ष भन्न नहुने उनले धारणा राखे ।

प्रकाशित मिति २०८१ माघ १८ गते शुक्रबार ०४:४४
हजुरको प्रतिक्रिया