काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले हिउँदे अधिवेशनलाई जनताको जनजीवनमा सुधार ल्याउने गरी अघि बढाउन प्रतिपक्षले खबरदारी गर्ने बताएका छन् ।
शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जनताको जनजीविकामा सुधार ल्याउने गरी, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सुधार ल्याउने गरी प्रतिपक्ष दलको तर्फबाट आफ्ना एजेण्डाहरु राख्ने बताएका हुन् ।
उनले देशलाई समृद्धिको बाटोमा, सुशासनको बाटोमा लैजानका लागि सरकारलाई खबरदार गर्ने बताए ।
उनले सरकारले ल्याएका राम्रा कामको समर्थन र गलत क्रियाकलापहरुको खबरदारी गर्ने उल्लेख गरे ।
उनले भने, ‘आजदेखि हिउँदे अधिवेशन प्रारम्भ भएको छ । हिउँदे अधिवेशनलाई जनताको जनजीवनमा सुधार ल्याउने गरी, जनजीविकाका प्रश्नमा सुधार ल्याउने गरी, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सुधार ल्याउने गरी हामी प्रतिपक्ष दलको तर्फबाट आफ्ना एजेण्डाहरु राख्नेछौँ । देशलाई समृद्धिको बाटोमा, सुशासनको बाटोमा लैजानका लागि सरकारलाई खबरदारी गर्नेछाँै । सरकारले ल्याएका राम्रा कामको समर्थन गर्नेछौँ र सरकारले गर्ने गलत क्रियाकलापहरुको हामी खबरदारी गर्नेछौँ ।’
संविधान र संघीयता कार्यान्वयनमा भएका कमी, कमजोरीलाई सुधार गर्न कानून निर्माण गर्नुका साथै अग्रगमनतिर बढ्न संविधान संशोधनमार्फत अघि बढ्ने उनको भनाइ छ ।
प्रकाशित मिति २०८१ माघ १८ गते शुक्रबार ०६:५१




