काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन गर्नसके बेरोजगारी घटाउन सकिने बताएका छन् ।
शनिवार वागलुङमा इला कम्फोर्ट होटलको शुभारम्भ कार्यक्रममा बोल्दै उनले अहिले बाध्यतावह विदेशिनुपरेको यथार्थलाई हटाउन स्वदेशमै रोजगारका अवसर सिर्जना गर्न सक्नुपर्ने बताएका हुन् ।
उनले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे ।
उनले अध्यादेशमार्फत परिवर्तन भएका कानूनहरुको सही कार्यान्वयन जरुरी रहेको जिकिर गरे ।
उनले भने, ‘एउटा बाध्यताले हामी बाहिर जानुपरेको छ । सधारण तरिकाबाट त्यो रोक्नसक्ने अवस्था छैन । त्यसको लागि हामीले नेपालमै अवसर दिनुपर्छ । त्यसो हुनसके मात्रै बाहिर विवश भएर जानेकुरा रोकिन्छ । हालै नेपाल सरकारले अध्यादेशमार्फत कानूनहरु ल्याएको छ । त्यो निजी क्षेत्रले स्वागत गरेको छ । कतिपय चिजहरु हाम्रा पुराना कानूहरु, भइरहेका कानूनहरु निजी क्षेत्रले दिएको सुझावअनुसार परिवर्तन भएका छन् । कतिपय पुराना कानूनहरु आफैँमा राम्रा पनि छन् । तर त्यसको सही किसिमले इम्प्लिमेण्ट हुनसकेको छैन । अध्यादेशमार्फत परिवर्तन भएका कानूनहरुको स्प्रिडअनुसार नियमावली, कार्यविधि र कार्यान्वयन हुनसके बेरोजगार घटाउने, आर्थिक समृद्धि बढाउने, विदेश जानलाई बाध्य हुनुपर्ने महशुस गरेका छौँ, त्यो अन्त्य गर्न सकिन्छ ।’
अध्यक्ष ढकाललेc
प्रकाशित मिति २०८१ माघ १९ गते शनिबार ०३:२२




