२०८३ साउन २१ गते बिहीबार

जसपा नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक जारी

जसपा नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १९ गते शनिबार ०४:४२

वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा छलफल हुनेछ ।

काठमाडौं ।

जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक जारी छ ।

बैठक आज मध्यान्हदेखि ललितपुरको बालकुमरीस्थित पार्टीको केन्द्रिय कार्यालयमा बसिरहेको हो ।

दुई दिनसम्म चल्ने बैठकमा जनतासँग जसपा नेपाल, आधारभुत सङ्गठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा छलफल हुनेछ ।

साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति २०८१ माघ १९ गते शनिबार ०४:४२

हजुरको प्रतिक्रिया