२०८३ साउन २१ गते बिहीबार

सिमसार क्षेत्रको संरक्षणका लागि सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी

सिमसार क्षेत्रको संरक्षणका लागि सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २० गते आइतबार ०१:४४

सिमसार क्षेत्रको संरक्षणका लागि सबैले सहकार्य गर्दै अगाडि बढ्न जरुरी रहेको उनको भनाइ छ ।

काठमाडौं ।

सरकारले ‘भविष्यका लागि सिमसार संरक्षण’ भन्ने नाराका साथ आईतवार विश्व सिमसार दिवस मनाएको छ ।

सिमसार क्षेत्रको संरक्षणका लागि जनचेतना बढाउन तथा संरक्षण र प्रवद्र्धन गर्नको लागि वन तथा वातावरण मन्त्रालयले एक समारोहका बीच सिमसार दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सिमसार क्षेत्र पारिस्थिति प्रणालीको हिसावले महत्वपूर्ण क्षेत्र भएको बताएका छन् ।

उनले नेपालका सयौं तालतलैयाहरु सिमसार र रामसार क्षेत्रमा पर्ने भएकाले तिनको संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको बताउनु भयो ।

उनले सिमसार क्षेत्रको संरक्षणका लागि सरकार प्रतिवद्ध रहेको समेत उल्लेख गरे । सिमसार क्षेत्रको संरक्षण्मा समयमै ध्यान पु¥याउन नसके भविष्यमा ठूलो समस्या सिर्जना हुने उनले जिकिर गरे ।

मन्त्री ठकुरीले भने, ‘सिमसारको रुपमा नेपाल अत्यन्तै महत्वपूर्ण क्षेत्र मानिँदै आएको छ । नेपालको हिमाल, पहाड र तराईमा सिमसारका महत्वपूर्ण क्षेत्रहरु छन् । म आफैँ पनि मुगु जिल्ला र विशेषगरी रारा ताल सिमसार र रामसार क्षेत्रमा सूचिकृत भएको छ । सिमसार क्षेत्रको संरक्षण र प्रवद्र्धन हामी गर्नसक्छौं । सिमसारसँग जोडिएका विभिन्न पारिस्थितिय प्रणालीहरु र सबै पक्षहरुको संरक्षण जरुरी छ । यसका लागि नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले महत्वपूर्ण भुमिका खेल्ने नै छ र हामी सबै लागेर सिमसारको संरक्षण र प्रवद्र्धन गर्दै जानुपर्छ । सिमसारको संरक्षण गर्न सकिएन भने विभिन्न समस्याहरु बढ्दै जान्छन् । जस्तै अहिले जलवायु परिवर्तनका कारणले जसरि समस्या सिर्जना हुँदै गएका छन् । त्यसैगरी सिमसार क्षेत्रको संरक्षणका लागि हामीले समयमै ध्यान पु¥याउन सकेनौँ भने यसबाट धेरै समस्याहरु व्यहोर्नुपर्ने समस्या छ ।’

सिमसार क्षेत्रको संरक्षणका लागि सबैले सहकार्य गर्दै अगाडि बढ्न जरुरी रहेको उनको भनाइ छ ।

प्रकाशित मिति २०८१ माघ २० गते आइतबार ०१:४४

हजुरको प्रतिक्रिया