२०८३ साउन २१ गते बिहीबार

विश्व सिमसार दिवस २०२५ को अवसरमा फेवाताल किनारमा फोटो प्रदर्शनी

विश्व सिमसार दिवस २०२५ को अवसरमा फेवाताल किनारमा फोटो प्रदर्शनी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २० गते आइतबार ०२:३९

संरक्षण गर्नका लागि कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प, ग्रास कार्प, रहु, नैनी जातका माछा तालमा छाडिएको हो ।

पोखरा ।

विश्व सिमसार दिवस २०२५ को अवसरमा फेवाताल किनार क्याम्पिङचोकमा आइतबार सिमसार संरक्षण फोटो प्रदर्शनी गरिएको छ ।

पत्रकार कृष्णमणि बरालले विगत २० वर्ष पहिले देखि खिचेका फोटाहरु प्रदर्शनमा राखिएको हो । रामसारमा सूचीकृत फेवातालसँगै ९ वटै तालको विभिन्न अवस्था झल्कने फोटो प्रदर्शनी गरिएको थियो ।

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा पत्रकार बरालले खिचेका तस्बिर प्रदर्शनी गरिएको हो ।

संरक्षणमा लाग्न सचेत गराउने उद्देश्यले फोटो प्रदर्शनीको आयोजना गरिएको राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुर प्रसाद बरालले जानकारी दिए । उनले ताल कसरी पुरिँदैछ र कसरी प्रदूषणको चपेटामा पर्दै गएको छ भन्ने जानकारी गराए ।

पत्रकार कृष्णमणि बरालले विगत १६ वर्ष अघिदेखि गिद्ध र सिमसार संरक्षणका लागि संरक्षण फोटो प्रदर्शनी गर्दे आएका छन् । यही निरन्तरताको क्रममा विश्व सिमसार दिवसको अवसरमा मानवीय व्यवहारका कारण पोखराका ताल कसरी प्रदूषणको चपेटामा परेका छन् भन्ने सचेत गराउन फोटो प्रदर्शनीको आयोजना गरिएको हो ।

दिवसकै अवसर पारर आज फेवा तालमा माछाका भुरा छाडिएको छ । पोखरा महानगरपालिका वडानम्बर ६ को आर्थिक सहयोगमा हर्पन फेवा मत्स्य सहकारीको समन्वयमा २५ हजार माछाका भुरा छाडिएको सहकारीका अध्यक्ष ज्ञानबहादुर जलारीले जानकारी दिए ।

स्थानीय जलारी समुदायको माछा मार्ने पेसालाई ध्यानमा राखेर माछाका भुरा छाडिएको पोखरा महानगर वडानम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले जानकारी दिए । स्थानीय जातका माछा मासिदै गएको र त्यसलाई संरक्षण गर्नका लागि कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प, ग्रास कार्प, रहु, नैनी जातका माछा तालमा छाडिएको हो ।

प्रकाशित मिति २०८१ माघ २० गते आइतबार ०२:३९
हजुरको प्रतिक्रिया