२०८३ साउन २१ गते बिहीबार

अध्यादेश तत्काल फिर्ता लिनुपर्छः सांसद शर्मा

अध्यादेश तत्काल फिर्ता लिनुपर्छः सांसद शर्मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २० गते आइतबार ०३:०७

सांसद शर्माले सुशासन, सामाजिक न्यायको बाटोबाट सरकार विचलित भएको आरोप लगाएका छन् ।

काठमाडौं ।

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले अध्यादेशभित्र सकारात्मक कुरा हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिमा त्रुटी रहेको बताएका छन् ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकारले अध्यादेश तत्काल फिर्ता लिनुपर्ने बताए ।

उनले अध्यादेशहरु सकारात्मक रहेको भएपनि सकारात्मकताभित्र खतरनाक कुराहरु समावेश रहेको बताए । उनले सुकुम्वासीहरुलाई जग्गा दिनेकुरा सकारात्मक रहेको भएपनि हदबन्दी फुकुवा गर्नेकुरा डरलाग्दो रहेको उल्लेख गरे ।

भूमाफियाहरुको हातमा सरकार गएको महशुस आफूले गरेको उनले जिरिक गरे ।

उनले भने, ‘यो अध्यादेशहरु भित्र कतिपय सकारात्मक कानून हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिका हिसावले यो गलत छ । सरकारले यो फिर्ता लिनुपर्छ । यो अध्यादेशभित्रका कानूनहरु सकारात्मक छन् । ति सकारात्मक कुराले खतरनाक कुरालाई ढाकछोप गरेका छन् । भूमि सम्बन्धीको कुरा सुकुम्वासीहरुलाई जग्गा दिनेकुरा ल्याइएको छ । सकारात्मक कुरा हो । तर हदबन्दी एक ढंगले फुकुवा गरेर जुन हिसावले सुकुम्वासीलाई जग्गा दिनेकुरा उठाइएको छ, साथै हदबन्दी फुकुवा गर्नेकुरा जे उठाइएको छ, त्यसले भूमाफियाहरुको हातमा यो सरकार गएको त होइन भन्ने प्रश्न उठाउन सकिन्छ ।’

सांसद शर्माले सुशासन, सामाजिक न्यायको बाटोबाट सरकार विचलित भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति २०८१ माघ २० गते आइतबार ०३:०७

हजुरको प्रतिक्रिया