२०८३ साउन २१ गते बिहीबार

सरकार ज्येष्ठ नागरिकको महत्वप्रति सचेत छः उपप्रधानमन्त्री पौडेल

सरकार ज्येष्ठ नागरिकको महत्वप्रति सचेत छः उपप्रधानमन्त्री पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २१ गते सोमबार ०२:४२

ज्येष्ठ नागरिकको आशिर्वादले देश विकासमा अघि बढ्ने प्रतिवद्धता जनाए ।

काठमाडौं ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकको महत्वप्रति सचेत रहेको बताएका छन् ।

सोमवार रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्र रुपन्देहीको दिवा सेवाको लागि अत्याधुनिक भवनको शिलान्यास गर्दै यस्तो बताएका हुन् ।

सरकार ज्येष्ठ नागरिकप्रति, ज्येष्ठ नागरिकको महत्वप्रति सचेत रहेको उनले बताए । उनले अहिलेसम्म ज्येष्ठ नागरिकका निम्ति गरेका कुराहरु पर्याप्त नरहेको र अझै धेरै गर्न चाहेको उल्लेख गरे ।

सोचेर मात्रै नहुने भन्दै त्यसलाई पूरा गर्न परिस्थितिले साथ दिनुपर्ने उनले जिकिर गरे । ज्येष्ठ नागरिकको आशिर्वादले देश विकासमा अघि बढ्ने प्रतिवद्धता जनाए ।

उपप्रधानमन्त्री पौडेलले भने, ‘अहिलेको यो सरकार ज्येष्ठ नागरिकप्रति, ज्येष्ठ नागरिकको महत्वप्रति एउटा सचेत सरकार हो । अहिलेसम्म ज्येष्ठ नागरिकका निम्ति जे गरेका छौँ, त्यो पर्याप्त छैन । हामी अझ धेरै गर्न चाहन्छौँ । मैले यहाँ आएर हेरिरहँदा यसो गर्न पाए हुन्थ्यो, त्यसो गर्न पाए हुन्थ्यो भनेर धेरै कुरा मनमा खेले । सोचेका सबै पूरा हुँदैनन् । सोच्न धेरै कुरा सोचिन्छ, गर्नका निम्ति परिस्थितिले साथ दिनुपर्छ । गर्दै जानुपर्छ । सोचेको ठाउँमा पुग्नुपर्छ । हामी तपाईंहरुको आशिर्वाद पाएर, तपाईंको अमूल्य मत पाएर सर्वोच्च जनप्रतिनिधि संस्था, संसदमा पुगेका राजनीतिकर्मीहरुले यहाँहरुको सेवामा आजीवन समर्पित हुनुपर्छ । सरकारमा रहँदा होस्, नरहँदा होस् । निर्णय गर्न पाउने बेलामा होस्, निर्णय गर्नका निम्ति दबाब दिने बेलामा होस् । हर कुनै बेलामा यहाँहरुको पक्षमा दृढतापूर्वक उभिनुपर्छ भन्ने अनुभुति मनमा अमिट रुपमा म आफैँले पनि साँचेको छु ।’

उपप्रधानमन्त्री पौडेलले ज्येष्ठ नागरिकको महत्वप्रति दृढतापूर्वक उभिने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति २०८१ माघ २१ गते सोमबार ०२:४२

हजुरको प्रतिक्रिया