पोखरा ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।
पार्टी एक ढिक्का हुने हो भने नेपाली काग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउन सकिने देउवाले बताए । नेपाली कांग्रेसले प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभागका प्रमुखहरूका लागि पोखरामा आयोजित ‘संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
संविधानले अपनाएको मिश्रित निर्वाचन प्रणालीमा कुनैपनि दलले बहुमत ल्याउन नसक्ने भन्दै कांग्रेसकै पदाधिकारी नेताले निर्वाचन प्रणाली बदल्नुपर्ने धारणा व्यक्त गर्ने गरेका छन् । उनले आफ्ना मतभेदहरू बिर्सिएर पार्टीमा एकता स्थापित गर्न सबै नेतालाई आहन गरे ।
कार्यक्रममा प्रशिक्षण विभाग प्रमुख तथा उपसभापति पुर्णबहादुर खड्काले सविधान संशोधन हुने बताए ।
उनले सबैका समस्यालाई छलफल गरेर संविधान संशोधन हुने उल्लेख गरे । अभिमुखिकरण कार्यक्रममा प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभागका प्रमुखहरुको सभागिता रहेको छ ।
प्रकाशित मिति २०८१ माघ २१ गते सोमबार ०४:१७




