२०८३ असोज २६ गते सोमबार

तीन संसदीय समितिको बैठक आज बस्दै

तीन संसदीय समितिको बैठक आज बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २२ गते मंगलबार ०९:५९

आजको बैठककमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धमा प्रदेश सरकारका मन्त्रीहरूसँग छलफल हुने कार्यसूची छ ।

 

काठमाडौं ।

संघीय संसदअन्तर्गत आज तीन संसदीय समितिको बैठक बस्दैछ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

आजको बैठककमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धमा प्रदेश सरकारका मन्त्रीहरूसँग छलफल हुने कार्यसूची छ ।

त्यस्तै साढे १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने छ ।

 

प्रकाशित मिति २०८१ माघ २२ गते मंगलबार ०९:५९
हजुरको प्रतिक्रिया