२०८३ साउन २१ गते बिहीबार

निरोगी नेपाल बनाउन व्यापक प्रयासहरु गर्नेछौँः प्रधानमन्त्री ओली

निरोगी नेपाल बनाउन व्यापक प्रयासहरु गर्नेछौँः प्रधानमन्त्री ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २२ गते मंगलबार ०२:०५

उनले आफूले खाने खाना पेट भर्नका लागि मात्रै नभइ स्वस्थ रहनका लागि खानुपर्ने जिकिर गरे ।

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयासहरु गरिरहेको बताएका छन् ।

मंगलवारबाट देशभर पाठेघरको मुखको क्यान्सरबिरुद्धको (एचपिभी) खोपको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपाली नागरिकहरु बिरामी नै हुन नपरोस् भनेर सरकारले अभियान चलाइरहेको बताएका हुन् ।

उनले निरोगी नेपालका लागि व्यापक प्रयास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले आफूले खाने खाना पेट भर्नका लागि मात्रै नभइ स्वस्थ रहनका लागि खानुपर्ने जिकिर गरे । स्वस्थ, सन्तुलित खानाले मात्रै आफूलाई निरोगी बनाउने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीले निरोगी नेपालको नारा लिएका छौँ । यसका दुई वटा पक्ष छन् । मानिस बिरामी नै हुन नपरोस्, स्वस्थ रहोस् । त्यसका लागि हामीले व्यापक प्रयासहरु, बहुआयामिकपक्षबाट व्यापक प्रयास गर्छौं । मान्छे रोगी नहोस्, बिमारी नहोस् । यसका निम्ति मानिसको आहार, बिहारको मात्रै कुरा होइन । खाना भनेको पेट भर्ने मात्र होइन, स्वस्थ खाना हो । खाना भनेको स्वस्थ मात्रै होइन,पुग्दो, सन्तुलित र ठिक्क मात्रामा पनि हो । स्वस्थ खाना, सन्तुलि त खाना, आवश्यक मात्रामा खाना हुनुपर्छ । पेट भर्नका लागि खाना खाने होइन, स्वस्थ रहनका लागि खाना खाने हो । निरोगी नेपालको कन्सेप्ट यसमा आधारित छ । यसको अर्थ, हामीले उत्पादन गर्ने अन्नबालीमा छ । खानेकुराहरु जो उत्पादन गर्छौं त्यसको स्वस्थतामा छ ।’

स्वस्थ रहनका लागि सबैभन्दा पहिला व्यक्ति स्वयंले सावधानी अपनाउनुपर्ने उनले जिकिर गरे । बिरामी हुनै नदिने कुरा महत्वपूर्ण रहेको बताए ।

सन् २०३० सम्म पाठेघरको क्यान्सरबिरुद्धको अभियानलाई पूर्ण रुपमा सफल बनाउने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति २०८१ माघ २२ गते मंगलबार ०२:०५

हजुरको प्रतिक्रिया