काठमाडौं ।
सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतक तथा मुख्य सचेतकको बैठक बोलाएका छन् । बैठक अपराह्न ३ बजे सिंहदरबारमा बस्नेछ ।
सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । प्रतिपक्षी दलहरूले अध्यादेशको चर्को विरोध गरिरहेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठक बस्ने भएकाले सभामुख घिमिरेले त्यसअघि दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन् ।
प्रकाशित मिति २०८१ माघ २३ गते बुधबार ११:१८