२०८३ साउन २१ गते बिहीबार

पोखरामा दोस्रो विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु

पोखरामा दोस्रो विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २३ गते बुधबार ०६:४६

प्रतियोगितामा काठमाडौं, पूर्वान्चल, त्रिभुवन, पोखरा, गण्डकी, लम्बिनी, सुदूरपश्चिम, कृषि तथा वन विज्ञान र पूर्वाञ्चल विश्वविद्यालका खेलाडी सहभागी भएका छन् ।

पोखरा ।

पोखरामा दोस्रो विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पोखरा रंगशालामा आजदेखि विश्वविद्यालय खेलकुद प्रतियोगिताको राखेप सदस्य सचिव टंकलाल घिसिङले उद्घाट गरे । प्रतियोगिता बिहीबारसम्म चल्नेछ ।

खेलकुदलाई तहगत रुपमा विकास गर्ने उदेश्यबाट विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न थालिएको सदस्य सचिव घिसिङले जानकारी दिए । खेलेर पनि बाँच्न सक्ने कानुनी व्यवस्था गरिएको उनको भनाइ छ ।

प्रतियोगितामा काठमाडौं, पूर्वान्चल, त्रिभुवन, पोखरा, गण्डकी, लम्बिनी, सुदूरपश्चिम, कृषि तथा वन विज्ञान र पूर्वाञ्चल विश्वविद्यालका खेलाडी सहभागी भएका छन् । भलिबल, एथलेटिक्स, टेबलटेनिस र व्याडमिन्टनमा गरी १९ स्वर्ण पदका लागि प्रतिस्पर्धा भइरहेको प्रतियोगिताका संयोजक डा. मधुसुधन सुवेदीले जानकारी दिए ।

एथलेटिक्सको पुरुष÷महिलामा समान ५–५ गरी १० मा प्रतिष्पर्धा हुनेछ । ब्याडमिन्टन र टेबलटेनिसमा पुरुष÷महिला सिंगल्स र डबल्समा खेल हुनेछ । भलिबलमा पुरुषतर्फ मात्र खेल हुनेछ । प्रत्येक विश्वविद्यालयबाट २६ का दरले ९ विश्वविद्यालयबाट जम्मा २ सय ३४ खेलाडी सहभागी भएका छन् ।

प्रकाशित मिति २०८१ माघ २३ गते बुधबार ०६:४६

हजुरको प्रतिक्रिया