२०८३ असोज २५ गते आइतबार

लमजुङमा खेलकुद तथा सांस्कृतिक महोत्सव हँुदै

लमजुङमा खेलकुद तथा सांस्कृतिक महोत्सव हँुदै

बिराट न्यौपाने

@Public 4K Tv

२०८१ माघ २६ गते शनिबार ०३:५८

विविध मनोरन्जनात्मक कार्यक्रम, बाल उधान र पर्यटक टुर प्याकेजको समेत व्यबस्था मिलाईने पत्रकार भेटघाटको अबसरमा संयोजक गुरुङले जानकारी दिए ।

लमजुङ ।

लमजुङको बेशिसहरमा प्रथम लमजुङ खेलकुद तथा सांस्कृतिक महोत्सव हुने भएको छ ।

‘खेल र संस्कृतिको संरक्षण– आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्धन’ भन्ने मूल नारासहित सदरमुकाम बेशिसहर स्थित सहजी खेलमैदानमा हुने महोत्सवको तयारी तिब्र पारिएको शनिवार सदरमुकाम बेशिसहरमा पत्रकार भेटघाटको आयोजना गरी जानकारी गराईएको हो ।

महोत्सव मूल आयोजक समितिका संयोजक तथा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष योग बहादुर गुरुङ कालुले फागुन ६ देखी १८ गतेसम्म सञ्चालन हुने महोत्सवले प्राकृतिक, धार्मिक सांस्कृतिक र ऐतिहासिक सम्पदा एवम् धरोहरहरुको आन्तरिक र बाह्य बजारमा प्रचारप्रसार गरी जिल्लाको विकासका साथै सर्वसाधारणको जीवनस्तरमा सुधार गर्न टेवा पु¥याउने बताए ।

महोत्सवमा साँस्कृतिक तर्फ आमा समुहको सामूहिक नृत्य प्रतियोगिता, बिँन्न झआँकी तथा ल्याली प्रदर्शनी, स्थानिय तथा बाह्य कलाकारको प्रस्तुती रहने छ । खेलकुदतर्फ जिल्ला स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता, जिल्ला स्थित बिद्यालय स्तरीय कराँते प्रतियोगिता, परम्परागत छेलो प्रतियोगिता, युवा लक्षित स्कुनर खेल प्रतियोगिता लगायतका खेलमा प्रतिस्पर्धा हुनेछ ।

महोत्सवले जिल्लामा खेल र खेलाडीको विकासमा सघाउ पु¥याइने संयोजक गुरुङको विश्वास छ । संयोजक गुरुङकाअनुसार महोत्सवमा औधोगिक तथा व्यापारिक प्रदर्शन, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, उधोग तथा व्यवसायिक प्रतिष्ठानको प्रदर्शनी, कृषि, पशु तथा जडिबुटी प्रदर्शनी, परम्परागत खाना महोत्सव समेत गरिनेछ ।

महोत्सवको अवसरमा विविध मनोरन्जनात्मक कार्यक्रम, बाल उधान र पर्यटक टुर प्याकेजको समेत व्यबस्था मिलाईने पत्रकार भेटघाटको अबसरमा संयोजक गुरुङले जानकारी दिए ।

महोत्सव सफल पार्न सांस्कृतिक र खेलकुदको विभिन्न विधाका छुट्टाछुट्टै उपसमिति बनाइएको छ । महोत्सवमा जिल्लाबाट उत्पादित खेलाडीलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

महोत्सवले लमजुङको खेल जगतलाई जनमानससम्म प्रचारप्रसार र संरक्षण, धर्म, संस्कृति, सीप, कला कौशलको प्रवद्र्धन र प्रचारप्रसार, खेलकुद तथा संस्कृति पर्यटन प्रवद्र्धनमा जोड, आर्थिक व्यापार प्रवद्र्धन, कृषिउपज उत्पादनको प्रवद्र्धन, प्रदर्शन र प्रचारप्रसार, पर्यटन विकास तथा नयाँ मार्गको पहिचान लक्ष्य लिएको छ ।

महोत्सवमा साधारण टिकट शुल्क एक सय र विद्यार्थीको परिचयपत्रको आधारमा ८० रुपैयाँ तोकिएको छ। साथै एकल महिला, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेश रहेको छ ।
महोत्सव सम्पन्न गर्नको लागी कुल १ करोड ४२ लाख ५० हजार आयव्यय हुने अनुमान गरिएको छ ।

पत्रकार भेटघाटको अवसरमा जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार महासंघ जिल्लाका पदाधिकारी तथा सदस्य र जिल्ला स्थित क्रियाशिल संचारकर्मीको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति २०८१ माघ २६ गते शनिबार ०३:५८
हजुरको प्रतिक्रिया