२०८३ साउन २१ गते बिहीबार

स्वास्थ्य मन्त्रालयद्धारा नसर्ने रोग नियन्त्रणका लागि एकमहिने परीक्षण अभियान सुरु

स्वास्थ्य मन्त्रालयद्धारा नसर्ने रोग नियन्त्रणका लागि एकमहिने परीक्षण अभियान सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १ गते बिहीबार ०३:२६

मन्त्रालयले गरेको सर्वेक्षण अनुसार चार जना वयस्कमध्ये एक जनालाई उच्च रक्तचाप हुने गरेको छ ।

पोखरा ।

स्वास्थ्य मन्त्रालयले नसर्ने रोग नियन्त्रणका लागि एकमहिने परीक्षण तथा पहिचान अभियान सुभारम्भ गरेको छ ।

मधुमेह, उच्च रक्तचाप तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित बिरामी बढिरहेको सन्दर्भमा सरकारले नसर्ने रोग नियन्त्रणका लागि एकमहिने परीक्षण तथा पहिचान अभियान स्वास्थ्य मन्त्री प्रदिप पौडेलको उपस्थितिमा पोखराबाट अभियानको सुभारम्भ गरिएको हो । समयमै पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यका साथ हरेक वर्ष एक महिनाभर अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।

अभियान अन्र्तगत शुभारम्भ कार्यक्रममा स्वास्थ्य प्रवद्र्धन केन्द्र पोखरामा स्वास्थ्य मन्त्री पौडेलको रगत परिक्षण रक्तचाप परिक्षणका साथै तौल र उचाई लिइएको थियो । स्वास्थ्य मन्त्रालयले नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान सञ्चालन गर्ने निर्देशिका तयार गरेको छ ।

हरेक वर्ष एक महिना रोकथामका लागि खर्चने गरी ‘समुदायमा नसर्ने रोगहरू (मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग, शरीरको उचाइ र तौलको अनुपात) पहिचानका लागि एकमहिने अभियान सञ्चालन निर्देशिका २०८१’ स्वीकृत गरिएको मन्त्री पौडेलले बताए ।

नेपालभित्र बसोवास गर्ने ३० वर्षभन्दा माथि उमेरका सबै व्यक्तिलाई प्रत्येक स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरू, आयुर्वेद औषधालय तथा आधारभूत अस्पतालमा अभियान सञ्चालन गरिने छ । पछिल्लो समय नेपालमा नसर्ने रोगका कारण बिरामी हुने एवम् मृत्यु हुनेको संख्या बढ्दै गएको छ । निर्देशिका अनुसार नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको छ ।

चिकित्सकका अनुसार बदलिदो जीवनशैली, बढ्दो सहरीकरण, परिवर्तन जनसङ्ख्याको अनुपात जस्ता विविध कारणले नसर्ने रोगको समस्या नेपालमा झनै बढ्दो क्रममा रहेको छ । मन्त्रालयले गरेको सर्वेक्षण अनुसार चार जना वयस्कमध्ये एक जनालाई उच्च रक्तचाप हुने गरेको छ ।

प्रकाशित मिति २०८१ फागुन १ गते बिहीबार ०३:२६

हजुरको प्रतिक्रिया