काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले बिजुलीका तारहरू भूमिगत गर्नका लागि ’होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा हिजो बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न भएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि काठमाण्डौमा वितरण गरिने थोक प्रणालीको पाइपको मर्मतको काम २० घण्टामा सम्पन्न भएको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।
अहिले पानी परीक्षणको काम भइरहेको र परीक्षण सम्पन्न हुनासाथ वितरण प्रक्रिया शुरू गर्ने उनले बताए ।
विद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानीमन्त्री यादवले बताउँदै आएका थिए ।
बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न हुँदा विशेष अदालतसहितका सरकारी कार्यालयमा पानी पसेको थियो ।
प्रकाशित मिति २०८१ फागुन १ गते बिहीबार ०३:५४