२०८३ साउन २१ गते बिहीबार

मगर दिवसको अवसरमा बागलुङमा लखन कप हुने

मगर दिवसको अवसरमा बागलुङमा लखन कप हुने

डम्मर बुढा मगर

@Public 4K Tv

२०८१ फागुन ४ गते आइतबार ०७:०१

पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद रु ८१ हजार १८१, द्वितीय हुनेले रु ४१ हजार १४१ रुपैयाँ प्राप्त गर्ने छन् ।

बागलुङ ।

मगर दिवसमा बागलुङमा चौथो लखन कप हुने भएको छ ।

नेपालका प्रथम सहिद लखन थापामगरको स्मृतिमा फागुन ११ देखि १५ गतेसम्म ‘चौथो लखन कप–२०८१’ संचालन हुने भएको हो । नेपाल मगर संघ बागलुङको आयोजनामा लखन कप आयोजना हुन लागेका हो ।

आइतबार पत्रकार सम्मेलन गरि लखन कपका बारेमा जानकारी दिइएको थियो । मगर दिवसका अवसरमा लखन कप आयोजना गरिएको मगर संघ बागलुङका अध्यक्ष श्यामबहादुर पुनमगरले जानकारी दिए । चार दिनसम्म चल्ने कार्यक्रममा विभिन्न प्रतियोगितात्मक खेलकुदहरु हुने पुनको भनाइ छ । उनकाअनुसार पुरुष तथा महिला भलिबल प्रतियोगित, छेलो फाल्ने, रस्साकस्सा लगायतको प्रतियोगिताको आयोजना गरिएको छ ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद रु ८१ हजार १८१, द्वितीय हुनेले रु ४१ हजार १४१ रुपैयाँ प्राप्त गर्ने छन् । महिला भलिबल प्रतियोगितामा प्रथम हुने समूहले रु ३० हजार, द्वितीय हुनेले रु १५ हजार रुपैयाँ प्राप्त गर्ने मगर संघ बागलुङका सह–सचिव रेशम घर्तीमगरले जानकारी दिए ।

सहिदको सम्मानमा हरेक वर्ष मगर संघले सांस्कृतिक तथा खेलकुद कार्यक्रम राख्दै आएको हुँदा यस वर्ष पनि निरन्तरता दिएको उनको भनाइ छ । उक्त अवसरमा प्रतियोगितात्मक कार्यक्रमसहित मगर समुदायमा प्रचलित विभिन्न किसिमका झाँकीहरु प्रर्दशन गरिने घर्तीमगर बताए ।

प्रकाशित मिति २०८१ फागुन ४ गते आइतबार ०७:०१

हजुरको प्रतिक्रिया