२०८३ साउन २१ गते बिहीबार

प्रजातन्त्र कसैले बकस दिएको होइन :  चित्रबहादुर केसी

प्रजातन्त्र कसैले बकस दिएको होइन :  चित्रबहादुर केसी

डम्मर बुढा मगर

@Public 4K Tv

२०८१ फागुन ८ गते बिहीबार ०७:५०

पूर्व उपप्रधानमन्त्रीसमेत रहनु भएका केसीले प्रजातन्त्रलाई सिध्याएर देशमा निरङ्कुश शासन चलाउने शक्तिहरु तयार भइरहेको आरोप लगाए ।

बागलुङ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रजातन्त्रको विकल्पमा अरु कुनै उत्तम व्यवस्था नरहेको बताएका छन् ।

बुधबार बागलुङमा ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्लो समय प्रजातन्त्रमाथि कालो बदल मडारिन थालेको केसीले बताए ।

सत्तामा शक्तिमा बस्नेहरुले जनताको भवना विपरित काम गर्न नहुने उनको भनाइ छ ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहनु भएका केसीले प्रजातन्त्रलाई सिध्याएर देशमा निरङ्कुश शासन चलाउने शक्तिहरु तयार भइरहेको आरोप लगाए ।

जनताको बलिदानीबाट स्थापना भएको प्रजातन्त्र कुनै पनि शक्तिले ढलाउन नसक्ने उनले दाबी गरे ।

उनले प्रजातन्त्र कसैले बकस दिएको नभई नेपाली जनता निरङ्कुश शासन ढालेर ल्याएको बताए ।

सत्तामा नेता आउने जाने प्रक्रिया चलि रहने र जनता सधै स्थायी हुने अध्यक्ष केसीको भनाइ छ । नेपाली जनतालाई प्रजातन्त्र अपरिहार्य रहेको उनले उल्लेख गरे ।

राजनीतिक दलका नेता र सांसदले भनेको जस्तो विकास निर्माण अघि बढेको भए लाखौँ युवा जनशक्ति विदेश जानु नपर्ने केसीले बताए ।

जनताको चाहना र आवश्यकता अनुसार नेताले काम नगर्दा गाउँघर रित्तिएर उराठ लाग्दा भएको उनको भनाइ छ ।

सरकारले युवा शक्तिलाई आफ्नै गाउँ ठाउँमा बस्ने वातावरण तयार गर्नु पर्नेमा केसीले जोड दिए ।

प्रकाशित मिति २०८१ फागुन ८ गते बिहीबार ०७:५०
हजुरको प्रतिक्रिया