२०८३ साउन २१ गते बिहीबार

देशभर ६ हजार १ सय ३५ जनाले कोरोना जिते

देशभर ६ हजार १ सय ३५ जनाले कोरोना जिते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख ३१ गते शुक्रबार ०९:४८

शुक्रबार देशभर ६ हजार १ सय ३५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार १ सय ३५ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख २७ हजार ६ सय ५३ जना पुगेको छ । निको हुने दर ७४.५ प्रतिशत रहेको छ । नेपालमा...

शुक्रबार देशभर ६ हजार १ सय ३५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार १ सय ३५ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख २७ हजार ६ सय ५३ जना पुगेको छ । निको हुने दर ७४.५ प्रतिशत रहेको छ ।

नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय ३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर २० हजार ९ सय ४८ आरटी पिसिआर र ५ सय ३० एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ५ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ । यीमध्ये १ लाख ७ हजार ३ सय ३६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

पछिल्लो २४ घन्टाको अवधिमा २ सय ३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ ।

प्रकाशित मिति २०७८ वैशाख ३१ गते शुक्रबार ०९:४८
हजुरको प्रतिक्रिया