पोखरा ।
पोखरामा आज विरोध सभामा बोल्दै राप्रपाका नेताहरुले राजासस्था स्थापनाको लागि सडकमा आउन बाध्य नपार्न चेतावनी दिएका छन् ।
पूर्वराजाको सन्देसले उत्साहित भएको राप्रपाले राजसंस्था पुनस्थापनका लागि जे पनि गर्न तयार रहेको भन्दै पोखरामा गणतन्त्रवादीहरुलाई संझौतामा आउन अन्यथा सकिन चेतावनी दिए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजालाई जसरी जवरजस्ती विस्थापित गरियो त्यसरीनै निर्मल निवासबाट डोराउदै नारायहिटी पुर्याउन कुनै शक्तीले रोक्न नसक्ने अभिव्यक्ति दिए ।
प्रदेशभरबाट कार्यकर्ता उतारेको राप्रपाले राजाको सक्रिय राजनीतिमा फर्कने भिडियो सन्देशले देशमा नयाँ तरंग सृजना गरेको र आफ्नो मुद्धा स्थापित गर्ने समय आएको रुपमा अर्थमा कार्यकर्तालाई बुझाउन खोजेका थियो । गणतन्त्रको वितेका समयमा देश बर्वादी तर्फ गएको भन्दै नेताहरुले अवस्था बदल्न व्यवस्था परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
जनताको साथ खोज्दै हिडेको राप्रपा राजसंस्था स्थापनाको लागि अन्तिम लडाइ लड्ने नेताहरुले उद्योषद् समेत गरे । राजनीतिक दलहरु सहमतीमा नआए चैत्रमा निर्णायक आन्दोलन गर्ने उनिहरुको चेतावनी छ । पूर्वराजा पोखरा भ्रमणमा रहेको बेला राप्रपाले शक्ती प्रदर्शन गदै राजालाई साथ सडक ओर्लने बताएको छ ।
प्रकाशित मिति २०८१ फागुन ९ गते शुक्रबार ०७:०८




