प्रदेश सरकारले काम गर्न नपाएको मुख्यमन्त्री पाण्डेको गुनासो
पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधान संसोधन भन्दा कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन् ।
पेशागत तथा बुद्धिजीवी विभाग नेपाली कांग्रेसले पोखरामा आयोजना गरेको संविधान शंसोधनः आवश्यकता र चुनौती विषयक गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले संविधान कार्यान्वयनमा जोड दिएका हुन् ।
सविधान कार्यान्यनको अवस्था निष्कृया रहने हो भने संविधान संसोधनको कुनै औचित्य नहुने उनको भनाई थियो । संविधान कार्यान्वय कमजोर हुदाँ संविधानले निर्देसित गरेका कानुनहरु नबन्दा नै संघीयता प्रति प्रश्न उठेको भन्दै उनले प्रदेश सरकारले काम गर्न नपाएको गुनासो गरे ।
राजनीतिक दलहरु भावनामा बगेर र्याडीकल चेन्ज गर्न लाग्दा व्यवस्था माथी नै खतरा हुन सक्ने उनले आशंक व्यक्त गरे । संविधानमा आमुल रुपमा फेर्ने गरी शंसोधन गर्न खोज्दा थप राजनीति अस्थिरता निम्तने तर्फ उनले नेतृत्वको ध्यानाकर्षण गराए ।
पेशागत तथा बुद्धिजीवी विभाग अध्यक्ष डा. डिला संग्रौला पन्तले सातै प्रदेशबाट संविधान संसोधनको विषयमा अन्तरक्रिया पछि एकमुष्ट प्रतिवेदन पार्टीलाई बुझाइने जानकारी दिइन् ।
प्रकाशित मिति २०८१ फागुन १० गते शनिबार ०२:४८




