२०८३ असोज २५ गते आइतबार

पुलस्त्य पुलह क्षेत्र विकास कोषको अध्यक्षमा पुनः लिलाबहादुर बानियाँ

पुलस्त्य पुलह क्षेत्र विकास कोषको अध्यक्षमा पुनः लिलाबहादुर बानियाँ

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ फागुन ११ गते आइतबार १०:१४

बेनी नगरपालिका वडा नं ५ पछैंमा अवस्थित पौराणिक स्थल पुलस्त्य पुलह मन्दिरको प्रांगणमा सम्पन्न १०औं अधिवेशन तथा साधारणसभाले बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट कोषको उपाध्यक्षमा भीमबहादुर बानियाँ, तेजप्रकाश बानियाँ, सचिवमा माधवप्रसाद रेग्मी, सहसचिवमा रामबहादुर बानियाँ र कोषाध्यक्षमा रामचन्द्र शर्मा पौडेल रहेका छन् ।

म्याग्दी ।

पुलस्त्य पुलह क्षेत्र विकास कोषको १०औं अधिवेशनबाट पुनः लिलाबहादुर बानियाँ अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

बेनी नगरपालिका वडा नं ५ पछैंमा अवस्थित पौराणिक स्थल पुलस्त्य पुलह मन्दिरको प्रांगणमा सम्पन्न १०औं अधिवेशन तथा साधारणसभाले बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनबाट कोषको उपाध्यक्षमा भीमबहादुर बानियाँ, तेजप्रकाश बानियाँ, सचिवमा माधवप्रसाद रेग्मी, सहसचिवमा रामबहादुर बानियाँ र कोषाध्यक्षमा रामचन्द्र शर्मा पौडेल रहेका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा टेकबहादुर बानियाँ, निवर्तमान वडा अध्यक्ष लक्ष्मण बानियाँ, रामबहादुर विक, जुना बानियाँ, कमला बानियाँ, यामबहादुर थापा दर्जी र रामचन्द्र पौडेल रहेको निर्वाचन अधिकृत ठाकुरप्रसाद आचार्यले जानकारी दिए ।

अधिवेशनको उद्घाटन गर्दै अनन्तश्री विभूषित जगतगुरु रामानुजाचार्य त्रिदण्डी स्वामी हिमालयन बाबाजीले पुलस्त्य पुलह क्षेत्र गौमुखी आकारमा भएकाले आफैमा प्रसिद्ध रहेको चर्चा गरे ।

कार्यक्रममा बेनी नगरपालिका वडानम्बर ५ का वडा अध्यक्ष गोविन्द बानियाँ, निवर्तमान वडाध्यक्ष लक्ष्मण बानियाँ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, जगन्नाथ मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँ (रामु) र पुलाचौर ढाँडपानी आमा समूहका अध्यक्ष शान्ति शर्माले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

उनीहरुले पुलस्त्य पुलह क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताएका थिए ।

कोषको निर्णयअनुसार पुलस्त्य पुलह क्षेत्र विकास कोषको संरक्षकमा अनन्तश्री विभूषित जगतगुरु रामानुजाचार्य त्रिदण्डी स्वामी हिमालयन बाबाजीलाई बनाउने प्रस्ताव साधारण सभाबाट सर्वसम्मत पारित भएको थियो भने हिमालयन बाबाजीले पनि संरक्षकत्व सहर्ष स्वीकार गरी ग्रहण गरेका थिए ।

प्रकाशित मिति २०८१ फागुन ११ गते आइतबार १०:१४
हजुरको प्रतिक्रिया