२०८३ असोज २५ गते आइतबार

गोरखापत्र डिजिटल डेः ‘डिजिटल माध्यमलाई सशक्त बनाउनुको विकल्प छैन’

गोरखापत्र डिजिटल डेः ‘डिजिटल माध्यमलाई सशक्त बनाउनुको विकल्प छैन’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १२ गते सोमबार ०३:२४

गोरखापत्र संस्थानले २०५३ फागुन १२ गतेदेखि डिजिटल यात्रा शुरु गरेको थियो ।

काठमाडौं ।

गोरखापत्र संस्थानले गोरखापत्र डिजिटल डे मनाएको छ ।

सोमवार काठमाडौंमा एक कार्यक्रम गरी गोरखापत्र डिजिटल डे मनाएको हो । गोरखापत्र डिजिटल डेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले प्रविधि अहिलेको बाध्यता भएको बताए । प्रविधि संकट मात्र नभइ अवसर पनि भएको उल्लेख गरे ।

भौतिक रुपमा पु¥याउन नसकिने ठाउँमा प्रविधिमार्फत गोरखापत्र राइजिङका सेवाहरु बिस्तारित गर्न सफल भएको जिकिर गरे । गोरखापत्र संस्थानलाई समय सुहाउँदो बनाउन डिजिटल माध्यमलाई सशक्त बनाउनुको विकल्प नरहेको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले अबको भविष्य डिजिटलबाटै सम्भव रहेको बताए । उनले गोरखापत्रको छापा माध्यमको महिला डिजिटल भएपनि नमर्ने बताए ।

डिजिटल माध्यमबाट गोखरापत्रलाई अघि बढाउनुपर्ने उनले जिकिर गरे । डिजिटल प्लेटमर्फको विकास, बिस्तार र सुदृढिकरणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका डिजिटल प्रमुख नारदमुनि गौतमले डिजिटलले परम्परागत छापा माध्यमलाई सहजीकरण गरेको बताए । अब छापा माध्यमलाई डिजिटल माध्यमको सहयोग जरुरी रहेको उल्लेख गरे । डिजिटल माध्यमलाई अझ सबल, सक्षम र प्रभवकारी बनाउन लगानी बढाउन जरुरी रहेको जिकिर गरे ।

गोरखापत्र संस्थानले २०५३ फागुन १२ गतेदेखि डिजिटल यात्रा शुरु गरेको थियो ।

प्रकाशित मिति २०८१ फागुन १२ गते सोमबार ०३:२४
हजुरको प्रतिक्रिया