बाजाका धुन सुनाइरहने महिला समुहलाई भ्याइनभ्याई
बागलुङ नगरपालिका–४,उपल्लाचौरस्थित उप–गौरी महिला दिदीबिहिनी समुहकी अध्यक्ष हेमा खड्काको साथमा धार्मिक कार्यक्रममा सधै हारर्मोनियम हुन्छ ।
भजनकीर्तन लोप हुन थालेपछि भजनको महत्व र मौलिकता जोगाउने उद्देश्यले गत बर्षको बैशाखमा स्थापना भएको समुहको अध्यक्ष खड्काले हारर्मोनियम बजाउन थालेपछि अहिले समुह नै व्यस्त छ ।
समुहकी अध्यक्ष खड्काजस्तै उपाध्यक्ष सावित्री अर्याल र सचिव उजेली खत्री मादल र बरिष्ठ सल्लाहकार मनिता लामिछाने खैंचडीको धुन भजनमा मिसाउँछिन् । समूहको भजनमा भगवाको नाम जप्दै भजनको तालमा नाच्ने र गाउनेको कमी हुदैन । समुहमा आवद्ध रहनुभएका १२ जना महिलाको हातमा विभिन्न बाजाको सिप छ ।
म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रमा रहेका धार्मिकस्थलका साथै ब्रतबन्ध, पूजाआजालगायत अन्य चाडपर्वमा समेत पुगेर भजनकीर्तनमा सहभागि छन् ।
नेपाली लोपोन्मुख भजनका टुक्का सहित बाजाका धुन सुनाइरहने महिला समुहलाई भ्याइनभ्याई छ । घरायसी काममा मात्रै सीमित महिलाहरू अहिले भजन समुहमा आवद्ध भएर धार्मिक संस्कृतिको जर्गेना गर्ने अभियानमा जुटेको समुहकी अध्यक्ष खड्काको भनाई छ ।
भजनकीर्तन पुरूषले मात्रै बजाउनुपर्छ भन्ने परम्परागत मान्यतालाई टोड्न सफल भएको बताउँदै अध्यक्ष खड्काले धर्म,संस्कृतिको संरक्षणसँगैनयाँ पुस्तालाई समेत समुहमा आवद्ध गरी भजन संस्कृतिबारे अवगत गराइएको छ ।
बागलुङ कालिका मन्दिरमा नियमित तथा म्याग्दीको गलेश्वरधाम लगायतका प्रसिद्ध धार्मिकस्थलमा पर्वको अवसरमा आउने गरेको छ । भजनर्कितनलाई थप ब्यवस्थित र प्रभावकारी बनाउन हार्मोनियम र तबलावादन लगायतका संगीत साधनमा प्रशिक्षण समेत दिने गरिन्छ ।
प्रकाशित मिति २०८१ फागुन १६ गते शुक्रबार ०१:२४




