२०८३ असोज २५ गते आइतबार

लागुऔषध नियन्त्रण कुनै एकमात्र निकायबाट सम्भव छैनः प्रहरी महानिरीक्षक कुँवर

लागुऔषध नियन्त्रण कुनै एकमात्र निकायबाट सम्भव छैनः प्रहरी महानिरीक्षक कुँवर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १७ गते शनिबार ०२:३८

जसमध्ये गाँजा र सोबाट निर्मित लागुऔषधको प्रयोगकर्ता झन्डै ८० प्रतिशत रहेको उल्लेख गरे ।

काठमाडौं ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव नरहेको बताएका छन् ।

शनिवारबाट नेपाल प्रहरीले शुरु गरेको लागुऔषध बिरुद्धको महाअभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले सामुहिक दायित्वको विषयलाई सबै मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताए ।

उनले लागुऔषध नियन्त्रणका लागि व्यक्ति, समाज, विभिन्न पेशाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवालासमेतको संयुक्त सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।

उनले समाजका विभिन्न तह र क्षेत्रको समान ढंगले सक्रिय सहभागितामा सामाजिक विकृति र अपराधको रुपमा रहेको लागुऔषध रहित समाजको परिकल्पना गर्ने उद्देश्यका साथ काठमाडौं उपत्यकाभित्र यो महाअभियानको शुभारम्भ गरिएको जिकिर गरे ।

उनले लागुऔषध कारोबार तथा दुव्र्यसनीका घटना नियन्त्रण र निरुपणका लागि नेपाल प्रहरीले चाल्नुपर्ने कदममा खरो ढंगबाट प्रश्तुत हुन निर्देशन दिए ।

उनले भने, ‘लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव हुँदैन । यो सामुहिक दायित्वको विषय हो । यसको लागि प्रो एक्टिभनेस पनि महत्वपूर्ण रहेको छ । यसमा व्यक्ति, समाज, विभिन्न पेशाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवालासमेतको संयुक्त सहकार्य अपरिहार्य छ । यसै तथ्यलाई आत्मसाथ गर्दै समाजका विभिन्न तह र क्षेत्रको समान ढंगले सक्रिय सहभागितामा सामाजिक विकृति र अपराधको रुपमा रहेको लागुऔषध रहित समाजको परिकल्पना गर्ने उद्देश्यका साथ काठमाडौं उपत्यकाभित्र यो महाअभियानको शुभारम्भ गर्न लागिएको हो । ’

विश्वमा करिव ३० करोड र एशियामा मात्रै करिव ६ करोडको हाराहारीमा लागुऔषध सेवन कर्ताहरु रहेको बताए । जसमध्ये गाँजा र सोबाट निर्मित लागुऔषधको प्रयोगकर्ता झन्डै ८० प्रतिशत रहेको उल्लेख गरे ।

लागुऔषध सम्बन्धी देशभर दर्ता भएका मुद्दाहरु प्रत्येक आर्थिक वर्षमा करिव ७ प्रतिशतको हाराहारीमा बढ्दो अवस्थामा रहेको बताएका छन् ।

प्रकाशित मिति २०८१ फागुन १७ गते शनिबार ०२:३८

हजुरको प्रतिक्रिया