२०८३ साउन २१ गते बिहीबार

अमेरिकाबाट ’डिपोर्ट’ भएका ८ जना प्रहरीको जिम्मामा

अमेरिकाबाट ’डिपोर्ट’ भएका ८ जना प्रहरीको जिम्मामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २१ गते बुधबार १२:५७

  अमेरिकाले आज बिहान काठमाण्डौ ल्याएर छाडिदिएका नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले थप सोधपुछका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ । बिहान अमेरिकाले आठ जनालाई चार्टर्ड विमानमार्फत...

डिपोर्ट भएकाहरूबाट मानव तस्करीमा संलग्नहरुको सम्बन्ध खुल्ने प्रहरीको विश्वास

 

अमेरिकाले आज बिहान काठमाण्डौ ल्याएर छाडिदिएका नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले थप सोधपुछका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

बिहान अमेरिकाले आठ जनालाई चार्टर्ड विमानमार्फत काठमाण्डौ ल्याइदिएको हो ।

यस्तै एक जना नियमित उडानबाट आएकाले नौ जना सबैलाई प्रहरीको जिम्मा लगाएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

अध्यागमन कार्यालयले कागज गराएर डिपोर्ट भएका सबैलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको हो ।

प्रहरीले डिपोर्ट भएकाहरूबाट मानव तस्करीमा संलग्नहरुको सम्बन्ध खुल्ने विश्वास लिएको जनाएको छ ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेको मिति अर्थात् जनवरी २० तारिखयता आज आएका ९ सहित ३६ जना नेपाली डिपोर्ट भएका अध्यागन कार्यालयले जनाएको छ ।

जसमध्ये २८ जना नियमित उडानबाट र आज ८ जना चार्टर्ड विमानमा आएका हुन् ।

प्रकाशित मिति २०८१ फागुन २१ गते बुधबार १२:५७
हजुरको प्रतिक्रिया