२०८३ साउन २१ गते बिहीबार

युराेकप आजदेखि, पूर्व विजेताकै दबदबा

युराेकप आजदेखि, पूर्व विजेताकै दबदबा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ जेठ २८ गते शुक्रबार ०९:०३

पाेखरा । कोरोना महामारीकै विच युरोकप २०२० शुक्रबारदेखि सुरु हुँदैछ । मिनी विश्वकपको रुपमा चिनिने युरोकपको यो १६औं संस्करण हो । याे संस्करण टर्की र इटलीकाे उद्घाटन खेलसँगै शुभारम्भ हुनेछ । याे संस्करणमा पूर्वविजेता ९ टाेलीसहित...

आजकाे भिडन्त टर्की इटलीकाे

पाेखरा । कोरोना महामारीकै विच युरोकप २०२० शुक्रबारदेखि सुरु हुँदैछ । मिनी विश्वकपको रुपमा चिनिने युरोकपको यो १६औं संस्करण हो । याे संस्करण टर्की र इटलीकाे उद्घाटन खेलसँगै शुभारम्भ हुनेछ ।

याे संस्करणमा पूर्वविजेता ९ टाेलीसहित कूल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । युराेकपमा अहिलेसम्म १० टाेलीले उपाधि जितेका छन् । यसअघि उपाधी जितिसकेर पनि ग्रीस  यसपटक छनोट हुन सकेन ।

युरोकपको ६०औं वर्षको अवसरमा यस पटक प्रतियोगिता ११ देशमा हुँदैछ । उदघाटन खेल इटली र टर्कीबीच रोममा हुनेछ भने जुलाई ११ मा लण्डनस्थित वेम्बलीमा फाइनल खेल हुनेछ । उपाधि दाबेदार भएर पनि अहिलेसम्म इंग्ल्याण्ड र बेल्जियमले युरोकप जित्न सकेका छैनन् । यी दुवै टाेली अहिले उच्च लयमा देखिएका छन् ।

सहभागी २४ मध्ये झण्डै एक तिहाइ टिम उपाधिको दाबेदारको रुपमा छन् । साविक विजेता पोर्चुगल, विश्व विजेता र साविक उपविजेता फ्रान्स, सर्वाधिक ३ पटकको च्याम्पियन जर्मनी र स्पेन अनि विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम प्रमुख दाबेदारको रुपमा छन् । यस्तै इंग्ल्याण्ड, एक पटकको विजेता इटली र नेदरल्याण्ड्स पनि उपाधि दाबेदारकै रुपमा छन् । यस्तै, क्रोएसिया जाे सुकैसँगपनि अप्रत्यासित नतिजा निकाल्न सक्ने टाेली हाे ।

पूर्व च्याम्पियनमध्ये डेनमार्क, रसिया र चेक रिपब्लिकलाई उपाधि दाबेदारको रुपमा हेरिएको छैन । डेनमार्क र नेदरल्याण्ड्स २०१६ मा छनोट हुन नसके पनि यस पटक पुनरागमन गरेका छन् ।

पोर्चुगल, फ्रान्स र जर्मनी एउटै समूहमा रहेकाले एक पूर्व विजेताको यात्रा समूह चरणबाटै समाप्त हुन पनि सक्छ । तर ६ वटै टिमको शीर्ष दुई टिमसँगै तेस्रो हुनेमध्ये चार टिम पनि प्रिक्वाटरफाइनलमा पुग्ने भएकाले तीनवटै टिम नकआउट पनि पुग्न सक्छन् । त्यसका लागि सबै ६ टिमको नतिजा र अन्य समूहको नतिजा निर्णायक हुनेछ ।

कोरोना महामारीले गर्दा गत वर्ष नै हुनुपर्ने युरोकप एक वर्ष पछि सरेको थियो ।

प्रकाशित मिति २०७८ जेठ २८ गते शुक्रबार ०९:०३
हजुरको प्रतिक्रिया