पोखरा ।
पोखराको हेम्जामा ‘परिवार व्यवस्थापनमा महिलाको भूमिका’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा साहित्य प्रतिष्ठान नेपालद्वारा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको हो । महिला सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यले हेमजामा रहेका महिलाका बिचमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर कार्यपालिका सदस्य धना तिम्सिना पोखरेलले प्रतिष्ठानले महिलाको प्रतिभालाई उजागर गर्ने कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गरिन् । प्रतियोगीहरुको प्रस्तुतीले आफु अत्यन्त हर्षित रहको उनले उल्लेख गरिन् । कार्यक्रममा पोखरा महानगरपालिका–२५ का वडा सदस्य तारा विश्वकर्मा, प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्ण प्रसाद पौडेल, महिला संजाल समिति हेमजा का अध्यक्ष अप्सरा तिम्सिना लगायतले आफनो भनाई राखेका थिए ।
प्रतियोगिताको निर्णायकमा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य डा. डिलकुमारी पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिम्सिना, कवि लक्ष्मी थापा रहेका थिए । १५ आमा समुह सहभागी रहेको प्रतियोगितामा दहरे देउराली आमा समुहकी प्रशंसा तिम्सिना त्रिपाठी प्रथम भइन् ।
गौरीशंकर आमा समुहकी राधिका पोडेल द्वितिय, नमुना आमा समुहकी शुशिला वास्तोला तृतिय र सृजनशिल आमा समुहकी गीता बराल अधिकारी सान्त्वना भइन् । उनीहरुलाई नगद प्रमाण पत्रबाट पुरस्कृत गरियो थियो । प्रतिष्ठानका अध्यक्ष सुनिल गायकको अध्यक्षतमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रतिषठानका उपाध्यक्ष छन्दमणी त्रिपाठी र संचालन सचिव छन्दिका त्रिपाठीले गरे।
प्रकाशित मिति २०८१ फागुन २३ गते शुक्रबार ०६:०५




