२०८३ साउन २१ गते बिहीबार

संविधान अक्षरशः पालना भएमात्रै सबैको हक र अधिकार सुनिश्चित हुन्छः उपाध्यक्ष घिमिरे

संविधान अक्षरशः पालना भएमात्रै सबैको हक र अधिकार सुनिश्चित हुन्छः उपाध्यक्ष घिमिरे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २४ गते शनिबार ०५:१२

उनले विगतका अभ्यास, कानून, नियम, संविधान, इतिहास सँगै अघि बढाउनुपर्ने बताइन् ।

काठमाडौं ।
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले संविधानमा लेखिएका कुराहरु अक्षरशः पालना भएमात्रै सबैको हक र अधिकार सुनिश्चित हुने बताएकी छन् ।
शनिवार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले कानून बनाउने कुरामा अगाडि भएपनि त्यसको पालना गर्नेकुरामा पछि परेको बताइन् ।
उनले संविधानले राष्ट्रपति वा उपराष्ट्रपतिमा महिला एकजनाको व्यवस्था गरेको भएपनि वा र र को शब्दमा अपव्याख्या गरिएको उल्लेख गरिन् ।
उनले विगतका अभ्यास, कानून, नियम, संविधान, इतिहास सँगै अघि बढाउनुपर्ने बताइन् ।
उपाध्यक्ष घिमिरेले भने, ‘कानून बनाउने कुरामा हामी अगाडि छौँ । त्यही कानूनलाई, संविधानलाई कसरी बुझेका छौँ । एउटा मात्रै उदाहरण राख्न चाहन्छु । हाम्रो संविधानले राष्ट्रपति वा उपराष्ट्रपतिमा महिला एकजना भन्यो । तर त्यहाँ वा र र को शब्दमा व्याख्या ग¥यौँ । पालिकाको प्रमुख र उपप्रमुखमा एकजना महिलाको व्यवस्था ग¥यौँ तर त्यसको व्याख्या कसरी गरेका छौँ ? संविधान र कानूनमा लेखिएका कुराहरुलाई ति हिजोका अभ्यास र कतिपय व्यवहारमा लागू हुँदा कसरी लागू गर्ने भन्नेकुराहरु सम्बन्धित निकायमा सम्बन्धित प्रतिनिधिहरुको हातमा हुँदो रहेछ । त्यसलाई सही ढंगले वा बेठिक ढंगले व्याख्या गर्ने भन्नेकुरा हुन्छ । त्यसैले यस्ता कुराहरुमा समेत कानूनी हिसावमा कानूनलाई कसरी लागू गर्ने भन्नेकुरा तपाईं हाम्रो हातमा छ । हामी अहिले मुख्य जिम्मेवारीमा छौँ । कानून निर्माणको थलोबाट पनि हामीले महिला आन्दोलन र अधिकारसँग जोडिएका प्रश्तावहरु अघि बढाइरहेका छौँ ।’
उपाध्यक्ष घिमिरेले हरेक क्षेत्रबाट सबैले संघर्ष गर्नुपर्ने बताइन् । सबै मिलेर संघर्ष गरेमात्रै आफ्नो अधिकार सुनिश्चित हुने जिकिर गरिन् ।
अरुलाई अपमान गर्नु भनेको चेतनास्तर कमजोर हुनु रहेको बताएकी छन् ।
प्रकाशित मिति २०८१ फागुन २४ गते शनिबार ०५:१२
हजुरको प्रतिक्रिया