२०८३ साउन २१ गते बिहीबार

रूस–युक्रेन युद्धमा मारिए रोल्पाका पूर्ववडाध्यक्ष बुढाथोकी

रूस–युक्रेन युद्धमा मारिए रोल्पाका पूर्ववडाध्यक्ष बुढाथोकी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २७ गते मंगलबार १०:२८

रुस–युक्रेन युद्धमा रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका पूर्व वडाध्यक्ष तीर्खबहादुर बुढाथोकी मारिएका छन् । रुसी सेनामा कार्यरत ४४ वर्षीय बुढाथोकीको रुस–युक्रेन युद्धमा परी मृत्यु भएको हो । फागुन २४ गते उनको मृत्युको...

एकपटक चुनाव हारेपछि परिवारलाई थाहै नदिई रुस गएर मारिए

रुस–युक्रेन युद्धमा रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका पूर्व वडाध्यक्ष तीर्खबहादुर बुढाथोकी मारिएका छन् ।

रुसी सेनामा कार्यरत ४४ वर्षीय बुढाथोकीको रुस–युक्रेन युद्धमा परी मृत्यु भएको हो । फागुन २४ गते उनको मृत्युको खबर आएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । ०७९ को निर्वाचनमा पनि उनी दोहोरिन चाहेका थिए । ०७९ को चुनावमा प्रतिस्पर्धा पनि गरे तर पराजित भए । उनी पराजित बनेपछि रसिया गएका थिए ।

सुनछहरी गाउँपालिका पूर्वअध्यक्ष आशबहादुर पुनले बुढाथोकीको मृतयु भएको खबर आएको बताए । बुढाथोकीको परिवारमा बुबा–आमा, पत्नी, एक छोरा र एक छोरी छन् ।

 

प्रकाशित मिति २०८१ फागुन २७ गते मंगलबार १०:२८
हजुरको प्रतिक्रिया