२०८३ साउन २१ गते बिहीबार

शुक्रबार देशभर थप ६७ जनाकाे ज्यान गयाे, ३ हजार ७ सय ५० संक्रमित थपिए

शुक्रबार देशभर थप ६७ जनाकाे ज्यान गयाे, ३ हजार ७ सय ५० संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ जेठ २८ गते शुक्रबार ०६:०३

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप ६७ जनाको मृत्यु भएको छ । याे सँगै काेराेना संक्रमणका कारण देशभर ज्यान गुमाउनेकाे सँख्या ८ हजार ३०५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत...

देशभर ७५ हजार २७५ सक्रिय संक्रमित

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप ६७ जनाको मृत्यु भएको छ । याे सँगै काेराेना संक्रमणका कारण देशभर ज्यान गुमाउनेकाे सँख्या ८ हजार ३०५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।

यस्तै, वितेकाे २४ घण्टामा देशभर कुल ३ हजार ७ सय ५० जनामा काेराेना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख ४ हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ एन्टिजेन विधिबाट १८ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा थप ५२२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८६.२ प्रतिशत रहेको छ ।

पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी हुन थालेपछि सक्रिय संक्रमितको संख्या घट्दै ७५ हजार २७५ पुगेको छ । यसमध्ये ६९ हजार ६८६ जना होम आइसोलेसन, ५ हजार ५८९ जना संस्थागत आइसोलेसन, १ हजार १८९ जना आईसीयूमा र ३६६ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रकाशित मिति २०७८ जेठ २८ गते शुक्रबार ०६:०३
हजुरको प्रतिक्रिया