२०८३ कात्तिक ११ गते मंगलबार

सनिबार थप ६१ जनाकाे ज्यान गयाे, ३३ सय ८५ जना संक्रमित थपिए

सनिबार थप ६१ जनाकाे ज्यान गयाे,  ३३ सय ८५ जना संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ जेठ २९ गते शनिबार ०५:२५

पाेखरा । पछिल्लो २४ घण्टामा मुलुकभर थप ६१ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार याे अवधिमा थप ३ हजार ३ सय ८५ जना कोभिड बिरामी थपिएका छन् । १४ हजार ४९४ नमुना (८५०६ पीसीआर र ५९८८ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका...

देशभर ७१ हजार ३०१ सक्रिय संक्रमित

पाेखरा । पछिल्लो २४ घण्टामा मुलुकभर थप ६१ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार याे अवधिमा थप ३ हजार ३ सय ८५ जना कोभिड बिरामी थपिएका छन् ।

१४ हजार ४९४ नमुना (८५०६ पीसीआर र ५९८८ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । संक्रमित हुनेहरुमा २१ देखि ४० वर्ष उमेर समूहका अत्याधिक छन् ।

परीक्षण गराउने मध्येको पजेटिभ हुने दर १८.९ प्रतिशत छ । जुन अहिलेसम्म स्थिर छ । मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।

थप ६२९५ जना निको भएका छन् । निको हुने दर ८६.९ प्रतिशत पुगेको छ । सक्रिय संक्रमित संख्या ७१ हजार ३०१ पुगेको छ ।

प्रकाशित मिति २०७८ जेठ २९ गते शनिबार ०५:२५
हजुरको प्रतिक्रिया