२०८३ असोज २५ गते आइतबार

नेपालमा छिटै राजतन्त्र फर्किन्छ : बाबा कालिदास

नेपालमा छिटै राजतन्त्र फर्किन्छ : बाबा कालिदास

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २ गते आइतबार ०३:४५

काठमाडौं । धार्मिक अभियन्ता बाबा कालीदासले अभिभावकको रुपमा राजा देशलाई आवश्यक भएको बताएका छन् । आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले धर्मराज युद्धिष्ठिर र राजा रामको जस्तो त्याग गरेको...

राजा आउने वा नआउने भन्नेबारेमा जनताले चाहने कुरा भएको जिकिर

काठमाडौं ।

धार्मिक अभियन्ता बाबा कालीदासले अभिभावकको रुपमा राजा देशलाई आवश्यक भएको बताएका छन् ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले धर्मराज युद्धिष्ठिर र राजा रामको जस्तो त्याग गरेको बताए ।

आफू हिन्दु राष्ट्रको पक्षमा रहेको बताए । राजा आउने वा नआउने भन्नेबारेमा जनताले चाहने कुरा भएको जिकिर गरे ।

अहिलेका नागरिकहरुमा जनशक्ति जागृत भएको र छिटै नै राजतन्त्र फर्किनसक्ने उल्लेख गरे ।

भारतीय सञ्चारमाध्यमहरु र नेपालका सञ्चारमाध्यमहरुले पनि राजततन्त्रको बारेमा वकालत गर्ने गरेको भन्दै छिटै नै राजतन्त्र फर्किनसक्ने बताए ।

प्रकाशित मिति २०८१ चैत २ गते आइतबार ०३:४५
हजुरको प्रतिक्रिया