२०८३ असोज २५ गते आइतबार

सात महिना अघि नै निर्माण भएको पुलको उद्घाटन गरे मुख्यमंत्री पाण्डेले

सात महिना अघि नै निर्माण भएको पुलको उद्घाटन गरे मुख्यमंत्री पाण्डेले

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ चैत ४ गते मंगलबार ०२:२४

मुख्यमन्त्री पाण्डेले यस्ता विकास कार्यहरूमा सरकारले निरन्तर सहयोग जारी राख्ने समेत प्रतिबध्दता समेत जनाएका छन् ।

‎गोरखा।

गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण भएको गोरखाको पालुङ्टार नगरपालिका–९ ढुंगेटारीस्थित खारखोला पुलको आज गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् । उद्घाटन अवसरमा मुख्यमन्त्री पाण्डेले यस पुल निर्माणका लागि प्रदेश सरकारले यहाँका नागरिकको माग र आवश्यकतालाई ध्यान दिएर बजेट विनियोजन गरेको बताए । ‎

यो पुल सम्झौता समयावधि भन्दा ७ महिना अघि नै निर्माण कार्य पूरा भएको हो । मुख्यमन्त्री पाण्डेले समयभित्रै निर्माण कार्य सम्पन्न भएका परियोजनामा सरकारले बजेट अभाव हुन नदिने बताए । साथै, ठूला विकास योजनाहरूमा निर्माण कम्पनी र व्यवसायीहरूको भूमिका, कामको गुणस्तर र कार्यप्रणालीले योजनाको सफलतामा ठूलो प्रभाव पार्ने बताए । ‎

यस पुलको निर्माण पूरा हुँदा स्थानीय नागरिकहरूको यातायात सुविधा र आर्थिक गतिविधिमा ठूलो सुधार आएको छ । मुख्यमन्त्री पाण्डेले यस्ता विकास कार्यहरूमा सरकारले निरन्तर सहयोग जारी राख्ने समेत प्रतिबध्दता समेत जनाएका छन् ।

प्रकाशित मिति २०८१ चैत ४ गते मंगलबार ०२:२४
हजुरको प्रतिक्रिया