२०८३ साउन २१ गते बिहीबार

मन्दिरका लागि भारतद्वारा २४ किलोग्राम चाँदी हस्तान्तरण

मन्दिरका लागि भारतद्वारा २४ किलोग्राम चाँदी हस्तान्तरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ५ गते बुधबार १०:४२

२०७७ साल माघ २९ गतेदेखि उक्त मन्दिरको पुनःनिर्माण कार्य भइरहेको छ ।

काठमाडौं ।

काठमाडौंको जनबहालस्थित सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारत सरकारले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको छ ।

बुधवार बिहान भारतको तर्फबाट नेपालस्थित भारतीय दुतावासले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको हो ।

२०७२ सालमा भूकम्पले क्षति पुर्याएको सेतो मच्छिन्द्रनाथको मन्दिर पुरातत्व विभागबाट स्वीकृति भएर भारत सरकारको सहयोगमा निर्माण भइरहेको छ । २०७७ साल माघ २९ गतेदेखि उक्त मन्दिरको पुनःनिर्माण कार्य भइरहेको छ । हालसम्मको मन्दिरको भौतिक प्रगति ७५ प्रतिशत रहेको र वित्तीय प्रगति ४२.१८ प्रतिशत रहेको बताइएको छ ।

तत्कालिन समयमा लागत अनुमान गर्दा चाँदीको आसन लगायतका कार्यहरु समावेश नभएकाले चाँदीको आसन राख्नको लागि २०४ किलोग्राम चाँदी दान गरिएको हो । चाँदीको लागि भारत सरकारबाट ३९ लाख १० हजार बराबरको रकम स्वीकृत भएको थियो ।

अब चाँदीको आसनको बुट्टा कुँदेर मन्दिरमा राख्ने प्रक्रिया अघि बढाइने बताइएको छ ।

प्रकाशित मिति २०८१ चैत ५ गते बुधबार १०:४२
हजुरको प्रतिक्रिया