२०८३ साउन २१ गते बिहीबार

विगतमा जारी भएका निर्देशनलाई एकीकृत बनाउने काम जारी छः अध्यक्ष ओझा

विगतमा जारी भएका निर्देशनलाई एकीकृत बनाउने काम जारी छः अध्यक्ष ओझा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ९ गते आइतबार ०१:३७

नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरुलाई एकीकृत स्वरुपमा ल्याउने काम भइरहेको बताएका छन् । आईतवार काठमाडौंमा ‘बीमा क्षेत्रको अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा...

समग्र बीमा उद्योगको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड

नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरुलाई एकीकृत स्वरुपमा ल्याउने काम भइरहेको बताएका छन् ।

आईतवार काठमाडौंमा ‘बीमा क्षेत्रको अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विमकहरुले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरु एकीकृत रुपमा ल्याइदिन गरेको मागको सम्बोधनका लागि प्राधिकरणले काम गरिरहेको बताएका हुन् ।

उनले आफू प्राधिकरणमा आएको केही दिनमौ निर्देशनलाई एकीकृत गर्नका लागि कमिटी बनाएर काम शुरु गरेको बताए ।

नियमावलीमा परेका विषयहरुलाई निर्देशनबाट हटाउने र आवश्यक पुनरावलकोन भएको ठाउँमा समयानुकुल बनाउने बारेमा काम शुरु भइसकेको जानकारी दिए ।

उनले दुई महिनाभित्र काम सकिसक्ने र विमकलाई सहजता प्रदान गर्ने प्रतिवद्धता जनाए ।

अध्यक्ष ओझाले भने, ‘प्रायः सबै विमक साथीहरुको एउटै भनाइ थियो । नेपाल बीमा प्राधिकरणबाट विगतमा जारी भएका केही निर्देशनहरु छन्, त्यसलाई एकीकृत स्वरुपमा ल्याएको भए सहज हुन्थ्यो भन्ने छ । त्यस सम्बन्धमा म आएको केही दिनमै कमिटी बनाएर तत् सम्बन्धमा एकीकृत निर्देशनलाई एकीकृत गर्ने, कयौँ विषयहरु नियमावलीमा परेका छन्, त्यसलाई निर्देशनबाट हटाउने, आवश्यक पुनरावलकोन भएको ठाउँमा समयानुकुल बनाउने बारेमा काम शुरु भइसकेको छ । सम्भवतः डेढ, दुई महिनामा ५५ वटा जति निर्देशनहरु छन्, त्यसलाई हामी जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा, लघु बीमाहरुका लागि फरक फरक सेक्सनमा हुनेगरी प्रकाशित गर्नेछौँ । जुन तपाईंहरुलाई कार्यान्वयन गर्न सहज होस्, दुविधा उत्पन्न नहोस्, छरिएका विषयलाई एक ठाउँमा ल्याएर थप व्यवस्थित, थप संशोधन गर्ने काम निरन्तर हुनेछ । बीमा क्षेत्रको हितका लागि सम्पूर्ण स्टेक होल्डरको हित सुनिश्चित हुनुपर्छ । विमितको हितको कुरा हाम्रो ऐनले प्रश्तावनामा नै गरेको छ । त्यो हाम्रो पहिलो प्राथमिकतामा पर्दछ । विमकको वित्तीय संस्था बलियो भएन भने विमितको हित संरक्षण हुन सक्दैन । विमकको वित्तीय स्वास्थ्य बलियो बनाउनका लागि हामीले गर्नुपर्ने सहजीकरण गर्न जिम्मेवारीपूर्ण तयारी छौँ ।सबैको हित समग्रतामा सुनिश्चित हुन नसकेसम्म बीमा उद्योगले आफ्नो सही बाटो समात्न सक्दैन ।’

अध्यक्ष ओझाले समग्र बीमा उद्योगको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति २०८१ चैत ९ गते आइतबार ०१:३७
हजुरको प्रतिक्रिया