२०८३ साउन २१ गते बिहीबार

कृषि उत्पादनमा गण्डकी प्रदेश आत्मनिर्भर सम्मुख रहेको कृषिमन्त्रीको भनाइ

कृषि उत्पादनमा गण्डकी प्रदेश आत्मनिर्भर सम्मुख रहेको कृषिमन्त्रीको भनाइ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १२ गते बुधबार ०७:११

विधेयक संसोधन पेस गर्न ७२ घण्टा भित्र प्रदेस सभा सचिवालयमा पेस गर्न सक्ने छन् ।

पोखरा ।

गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले कृषि उत्पादनमा गण्डकी प्रदेश आत्मनिर्भर सम्मुख रहेको बताएकी छन् ।

प्रदेश सभामा विभिन्न मितिमा शून्य र विशेष समयमा प्रदेश सभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रदेशको जनसंख्यालाई आवश्यक र उत्पादित वस्तु खाद्यान्न बाली र पशुपन्क्षीजन्य उत्पादनमा प्रदेश आत्मनिर्भर सम्मुख रहेको बताइन् । तरकारी बाली र आलुमा पनि प्रदेश आत्मर्निभर सम्मुख रहेको उनको भनाई थियो ।

प्रदेशमा अन्य स्थानहरुबाट कृषि उत्पादन आयात हुने गरेको भएपनि प्रदेशको उत्पादन र उपभोक्ताको आधारमा आत्मनिर्भर सम्मुख रहेको उनले जिकिर गरिन् । बैठकमा अपाङगता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सामान्य छलफल सुरु भएको छ । विधेयक २०८१ चैत्र १० गते सभामा पेस भएको थियो ।

विधेयक माथि सामान्य छलफलमा सुनिता थापा, सिताकुमारी सुन्दास, दयमन्ती रुचाल, टिका कुमारी बस्याल, सरस्वती गुरुङ, भक्तबहादुर कुँवर देवका पहारी त्रिपाठीले भनाई राखेका थिए ।

सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले विधेयकको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । विधेयक संसोधन पेस गर्न ७२ घण्टा भित्र प्रदेस सभा सचिवालयमा पेस गर्न सक्ने छन् ।

बैठकको सुरुमा प्रदेश सभा सदस्यहरुले शून्य समयमा आफ्नो निर्वाचन क्षेत्रका समस्या वारे सरकारको ध्यानाकर्षण गराएका थिए । अर्को बैठक भोली १ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति २०८१ चैत १२ गते बुधबार ०७:११
हजुरको प्रतिक्रिया